९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

साफ महिला च्याम्पियनसिपको फाइनल हेर्न जाँदा यी सामान बोक्न नपाइने

१३ कार्तिक २०८१, मंगलवार १५:५४

काठमाडौं । बुधबार हुने साफ महिला च्याम्पियनसिपको फाइनल खेल हेर्न जाने दर्शकले पानीका बोतल, हेल्मेट, सिक्कालगायतका बस्तु साथमा लिन नपाउने भएका छन्।

बुधबार साँझ साढे ६ बजे नेपाल र बंगलादेशबीच फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथरगंशालामा हुँदै छ। मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले एक सूचना जारी गर्दै खेल हेर्न जाने दर्शकलाई प्रतिबन्धित सामग्रीहरू नलिएर आउन आग्रह गरेकाे हाे।

यसअघि आइतबार नेपाल र भारतबीच भएकाे सेमिफाइनल खेलमा दर्शकले मैदानमा पानीका बाेत्तल फाल्दा खेल केहीबेर राेकिएकाे थियाे। उक्त घटनापछि एन्फाले केही सामाग्री लैजान रोक लगाएको हो। खेल हेर्न आउने दर्शकलाई सुरक्षित र शान्तिपूर्ण वातावरण मिलाइएकाे एन्फाले जनाएकाे छ।

एन्फाका अनुसार प्रतिबन्धित सामग्रीहरूमा बन्दुक, छुरा, र अन्य कुनै पनि प्रकारका धारिला, हातहतियार, चुरोट, लाइटर, सलाइ मदिरा र अन्य नशालु पदार्थहरू रहेका छन्।

यस्तै, झाेलाहरु पनि लान मिल्ने छैन तर साना झाेलाहरु भने जाँचपछि लान मिल्ने छ। हेल्मेट, यस्तै सुरक्षा सामग्रीहरू, अनुमति बिना ब्यानर, झण्डा, पोस्टर लग्न पाइने छैन।

पानीको बोतल, क्यान, पत्थर, र अन्य फ्याँक्न मिल्ने , धातुका मुद्रा क्याइन , सामग्रीहरू, खेलाडी तथा रेफ्रीलाई लक्षित गर्ने लेजर लाइट, ड्रग्स र अन्य अवैध पदार्थ – कुनै पनि प्रकारका लागू औषधहरू, लिबिस्टिक ,नेल कटर, कैँची, काइयोमा पनि प्रतिबन्धित लगाइएकाे छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो