२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

साफ महिला च्याम्पियनसिपको फाइनल हेर्न जाँदा यी सामान बोक्न नपाइने

२०८१, १३ कार्तिक मंगलवार १५:५४

काठमाडौं । बुधबार हुने साफ महिला च्याम्पियनसिपको फाइनल खेल हेर्न जाने दर्शकले पानीका बोतल, हेल्मेट, सिक्कालगायतका बस्तु साथमा लिन नपाउने भएका छन्।

बुधबार साँझ साढे ६ बजे नेपाल र बंगलादेशबीच फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथरगंशालामा हुँदै छ। मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले एक सूचना जारी गर्दै खेल हेर्न जाने दर्शकलाई प्रतिबन्धित सामग्रीहरू नलिएर आउन आग्रह गरेकाे हाे।

यसअघि आइतबार नेपाल र भारतबीच भएकाे सेमिफाइनल खेलमा दर्शकले मैदानमा पानीका बाेत्तल फाल्दा खेल केहीबेर राेकिएकाे थियाे। उक्त घटनापछि एन्फाले केही सामाग्री लैजान रोक लगाएको हो। खेल हेर्न आउने दर्शकलाई सुरक्षित र शान्तिपूर्ण वातावरण मिलाइएकाे एन्फाले जनाएकाे छ।

एन्फाका अनुसार प्रतिबन्धित सामग्रीहरूमा बन्दुक, छुरा, र अन्य कुनै पनि प्रकारका धारिला, हातहतियार, चुरोट, लाइटर, सलाइ मदिरा र अन्य नशालु पदार्थहरू रहेका छन्।

यस्तै, झाेलाहरु पनि लान मिल्ने छैन तर साना झाेलाहरु भने जाँचपछि लान मिल्ने छ। हेल्मेट, यस्तै सुरक्षा सामग्रीहरू, अनुमति बिना ब्यानर, झण्डा, पोस्टर लग्न पाइने छैन।

पानीको बोतल, क्यान, पत्थर, र अन्य फ्याँक्न मिल्ने , धातुका मुद्रा क्याइन , सामग्रीहरू, खेलाडी तथा रेफ्रीलाई लक्षित गर्ने लेजर लाइट, ड्रग्स र अन्य अवैध पदार्थ – कुनै पनि प्रकारका लागू औषधहरू, लिबिस्टिक ,नेल कटर, कैँची, काइयोमा पनि प्रतिबन्धित लगाइएकाे छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह