९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रविलाई छुटाइदिनुपर्‍यो भन्दै बालुवाटार पुगेका रास्वपा नेतालाई ओलीले भने- जुठो बारेका बेला कसरी यहाँ आउनुभयो ?

१४ कार्तिक २०८१, बुधबार १२:२१

काठमाडौँ | सहकारी ठगी र संगठित अपराध आरोपमा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई छुटाउन रास्वपा नेताहरूको दौडधूप जारी छ। रास्वपाका नेताहरूले गृहमन्त्री र प्रधानमन्त्रीसँग भेट गर्दै लामिछानेलाई हिरासतबाहिर राखेर अनुसन्धान गर्न सहयोग गर्न आग्रह गरेका छन्।

सोमबार गृहमन्त्री रमेश लेखकलाई भेटेका रास्वपा उपसभापति डिपी अर्याल र प्रमुख सचेतक सन्तोष परियारले लामिछानेलाई हिरासतमुक्त गरेर अनुसन्धान गर्न सकेमा सरकारलाई निशर्त सहयोग गर्ने बाचा गरे। त्यसपछि उनीहरू राति प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेट्न बालुवाटार पुगेका थिए।

प्रधानमन्त्रीसँग भेटका क्रममा अर्याल र परियारले, “तपाईंले नै उपप्रधान तथा गृहमन्त्री बनाएको व्यक्ति अहिले हिरासतमा हुनुहुन्छ। उहाँको कमजोरी भए पनि ठूलो गल्ती देखिँदैन। हिरासतमुक्त गर्नुभयो भने रास्वपाले तपाईंको सरकारलाई नि:शर्त सहयोग गर्नेछ,” भन्दै लामिछानेको सन्देश सुनाए।

जवाफमा प्रधानमन्त्री ओलीले अदालती प्रक्रिया सुरु भइसकेकाले आफूले केही गर्न नसक्ने बताए ।

रास्वपाका नेताप्रति रिसाएका ओलीले ‘सरकार मर्यो भनेर जुठो बारेका बेला कसरी यहाँ आउनुभयो ?’ भनेर ब्यंग्यात्मक टिप्पणी गरेका थिए । कात्तिक २ गते पक्राउ पर्नुअघि लामिछानेले सरकार मरेको भन्दै देशरभर सरकारविरुद्ध आन्दोलनमा उत्रिन नेता कार्यकर्ता तथा शुभचिन्तकलाई आह्वान गरेका थिए । त्यस्तै कास्की जिल्ला दलातको प्रांगणबाट लामिछानेले ओली सरकार सबैभन्त्दा भ्रष्ट रहेको बताउँदै यो सरकार रहुन्जेल जनताले सुख नपाउने बताए ।

रास्वपाका कार्यकर्ताले चितवनमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिकात्मक शव बनाइ दाहसंस्कार नै गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो