२०८२, ९ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रविलाई छुटाइदिनुपर्‍यो भन्दै बालुवाटार पुगेका रास्वपा नेतालाई ओलीले भने- जुठो बारेका बेला कसरी यहाँ आउनुभयो ?

२०८१, १४ कार्तिक बुधबार १२:२१

काठमाडौँ | सहकारी ठगी र संगठित अपराध आरोपमा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई छुटाउन रास्वपा नेताहरूको दौडधूप जारी छ। रास्वपाका नेताहरूले गृहमन्त्री र प्रधानमन्त्रीसँग भेट गर्दै लामिछानेलाई हिरासतबाहिर राखेर अनुसन्धान गर्न सहयोग गर्न आग्रह गरेका छन्।

सोमबार गृहमन्त्री रमेश लेखकलाई भेटेका रास्वपा उपसभापति डिपी अर्याल र प्रमुख सचेतक सन्तोष परियारले लामिछानेलाई हिरासतमुक्त गरेर अनुसन्धान गर्न सकेमा सरकारलाई निशर्त सहयोग गर्ने बाचा गरे। त्यसपछि उनीहरू राति प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेट्न बालुवाटार पुगेका थिए।

प्रधानमन्त्रीसँग भेटका क्रममा अर्याल र परियारले, “तपाईंले नै उपप्रधान तथा गृहमन्त्री बनाएको व्यक्ति अहिले हिरासतमा हुनुहुन्छ। उहाँको कमजोरी भए पनि ठूलो गल्ती देखिँदैन। हिरासतमुक्त गर्नुभयो भने रास्वपाले तपाईंको सरकारलाई नि:शर्त सहयोग गर्नेछ,” भन्दै लामिछानेको सन्देश सुनाए।

जवाफमा प्रधानमन्त्री ओलीले अदालती प्रक्रिया सुरु भइसकेकाले आफूले केही गर्न नसक्ने बताए ।

रास्वपाका नेताप्रति रिसाएका ओलीले ‘सरकार मर्यो भनेर जुठो बारेका बेला कसरी यहाँ आउनुभयो ?’ भनेर ब्यंग्यात्मक टिप्पणी गरेका थिए । कात्तिक २ गते पक्राउ पर्नुअघि लामिछानेले सरकार मरेको भन्दै देशरभर सरकारविरुद्ध आन्दोलनमा उत्रिन नेता कार्यकर्ता तथा शुभचिन्तकलाई आह्वान गरेका थिए । त्यस्तै कास्की जिल्ला दलातको प्रांगणबाट लामिछानेले ओली सरकार सबैभन्त्दा भ्रष्ट रहेको बताउँदै यो सरकार रहुन्जेल जनताले सुख नपाउने बताए ।

रास्वपाका कार्यकर्ताले चितवनमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिकात्मक शव बनाइ दाहसंस्कार नै गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा