९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रवि लामिछानेको बयान अन्तिम चरणमा, आज सक्ने तयारी

१४ कार्तिक २०८१, बुधबार १२:४९

काठमाडौँ | सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसँग आज पनि बयान लिइँदै छ। जिल्ला प्रहरी कार्यालय कास्कीमा लामिछानेसँगको बयान जारी छ।

जिल्ला सरकारी वकिल कार्यालय कास्कीकी प्रमुख कमला काफ्लेका अनुसार मंगलबार बयान पूरा नभएकाले आज बयान सम्पन्न गर्ने प्रयास भइरहेको छ। कार्तिक १२ गते अनुसन्धान अधिकारी र सरकारी वकिलले लामिछानेसँग साढे ८ घण्टा बयान लिएका थिए। अनुसन्धानमा संलग्न एक अधिकारीले बयान नसकिएको र आज पनि निरन्तर बयान लिइने जानकारी दिए।

लामिछाने कार्तिक २ मा वनस्थलीबाट पक्राउ परेका हुन्। सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा पूर्वडीआईजी छविलाल जोशी, लिला पछाई र रामबहादुर खनाल पनि हाल कास्की प्रहरीको हिरासतमा छन्।

अहिलेसम्मको बयानमा रवि लामिछानेले सूर्यदर्शन सहकारीबाट कुनै ऋण नलिएको दाबी गरेका छन्। पोखरा महानगरपालिका वडा नम्बर ५ मा सञ्चालित सहकारीमा आफू सेयर सदस्य वा ऋणी नभएको उल्लेख गर्दै उनले भनेका छन्, “सूर्यदर्शनको सञ्चालक समिति, लेखा समिति, ऋण समिति वा अन्य कुनै पनि पदमा म थिएन।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता