१४ कार्तिक २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

तोकिएको कार्यालयमा हाजिर नगर्ने कर्मचारीको सूची तयार पार्दै सामान्य प्रशासन मन्त्रालय

१४ कार्तिक २०८१, बुधबार १७:१४

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सरुवा गरिएपछि तोकिएको कार्यालयमा हाजिर नगर्ने कर्मचारीहरूको सूची मन्त्रालयमा तयार भइरहेको बताएका छन् ।

मन्त्रालयले गरेको सरुवालाई अवज्ञा गर्दै कर्मचारीहरूले तोकिएको कार्यालयमा हाजिर नगरेको गुनासो बढेपछि उनीहरूको नामावलीसहितको विवरण सङ्कलन थालिएको मन्त्री गुप्ताले बताए ।

उनले विवरण सङ्कलनपछि के कति कारणले उनीहरू सम्बन्धित कार्यालयमा हाजिर हुन नसकेका हुन् त्यसबारे स्पष्टीकरण सोधेर आवश्यक कारबाही गर्ने तयारी भइरहेको पनि बताए ।

उनले भने, ‘हामीले सरुवा गरेर पठाएका धेरैजसो कर्मचारीहरू सम्बन्धित कार्यालयहरूमा हाजिर भइसक्नुभएको छ । तर, केही कर्मचारीले मात्रै विभिन्न बाहानाबाजी गरेर हाजिर गर्नुभएको छैन । उहाँहरूलाई तोकिएको कार्यालयमा हाजिर गर्न हामीले पटक–पटक ताकेता पनि गरिरहेका छौँ । अब हामी ताकेता गर्न छोडेर उहाँहरूको विवरण सङ्कलन गरिरहेका छौँ । जो जानुभएको छैन उहाँमाथि र जसलाई हाजिर गर्न दिइएको छैन उहाँहरूको पालिकामाथि पनि कारबाही गर्छौँ ।’

खटाइएका कर्मचारीहरूलाई हाजिर गर्न नदिने गाउँपालिका र नगरपालिकामाथि पनि मन्त्रालयले कारबाही गर्ने उनको भनाइ छ ।

जनताले दैनिक रूपमा सेवा उपभोग गर्ने स्थानीय तहका कुनै पनि कार्यालयमा नगर तथा गाउँपालिका प्रमुख अथवा कर्मचारीहरूबाट हुने कमजोरीमाथि मन्त्रालयले आवश्यक निगरानी गरिरहेको बताउँदै मन्त्री गुप्ताले सुशासनको सवालमा सरकार दृढ रहेको र कसैको दबाब वा प्रभावमा आफू नपर्ने स्पष्ट गरे ।

उनले भने, ‘गाउँपालिका वा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत जाने तर सम्बन्धित पालिकाका प्रमुखले हाजिर गर्न नदिने पुरानो परिपाटी पनि हामीकहाँ रहँदै आएको छ । अब त्यस्तो हर्कत गर्ने पालिकालाई हाम्रो मन्त्रालयबाट दिइने सेवासुविधामा रोक लगाउँछौँ । जुन कर्मचारी गएर हाजिर हुँदैनन् तिनलाई पनि मन्त्रालयले कारबाहीको व्यवस्था मिलाएको छ ।’

यस्तै, उनले गाउँ वा नगरपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन बन्यो भने जनताले सेवासुविधा नपाउने र जनताको सेवा सुविधाका लागि पनि आफू निर्मम भएर अघि बढ्ने विश्वास व्यक्त गरे ।

कर्मचारी नपुग भएको ठाउँमा मन्त्रालयको ध्यान पुगेको भन्दै उनले अब केही महिनाभित्रै सबै स्थानीय तहमा कर्मचारी पठाइसक्ने दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस्ता छन् मन्त्रिपरिषद् बैठकका १२ निर्णय वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक हटाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश सावित्रा भण्डारीका आमाबुबा भन्छन्, ‘हाम्रो आँखा छलेरै फुटबल खेल्थिन्, प्रगति गरेको देख्दा दङ्ग छौँ’ कम्युनिष्ट आन्दोलनको रुपान्तरणका लागि गम्भीर आत्मसमीक्षा आवश्यक छ : प्रचण्ड फिल्म ‘मिसिङः केटी हराएको सूचना’ को ट्रेलर सार्वजनिक प्रधानमन्त्री ओली र ‘प्रकाण्ड’बीच भेटवार्ता सरकारी अस्पतालमा विद्युत महशुल छुट दिलाउन मन्त्री पौडेलको सक्रियता धनराज गुरुङमाथि पनि अनुसन्धान हुन्छ : गृहमन्त्री तोकिएको कार्यालयमा हाजिर नगर्ने कर्मचारीको सूची तयार पार्दै सामान्य प्रशासन मन्त्रालय नेपाल-भारत सीमामा पर्खाल लगाएर भिसा प्रणाली लागू गर्नुपर्छ : वामदेव अस्पतालको शय्याबाट टेलिभिजनमै साफ हेर्दैछन् मैदानमा हुनुपर्ने दीपा र हीरा बेल्जियमको राजदुतमा सिफारिस लम्सालको नाम समितिबाट अनुमोदित जो बाइडेनले डोनाल्ड ट्रम्पका समर्थकलाई ‘फोहोर’ भनेपछि कडा आलोचना स्यालको आक्रमणबाट १३ जना घाइते, २ जनालाई काठमाडौँ ल्याईयो पटका पड्काउने क्रममा ६ वर्षीय बालक घाइते साफ च्याम्पियनसिप फाईनल: प्रति गोल १ लाख पुरस्कार प्रदान गर्ने गरिमा विकास बैंकको घोषणा आजको खेलमा साम्बालाई अर्को इतिहास बनाउने मौका प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने, बिआरआईमा हस्ताक्षर गर्ने राजेन्द्र महतोको दाबी- रविको मुद्दा बार्गेनिङमा टुंग्याउन खोजिँदैछ एनपीएलका लागि अहिलेसम्म अनुबन्ध भए १८ विदेशी खेलाडी, कुन टिममा जोडिए कुन विदेशी खेलाडी?