९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

रास्वपाले रवि पक्राउको विरोधमा दैउसीभैलो खेल्ने

१५ कार्तिक २०८१, बिहीबार १५:३९

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तिहारको दैउसी–भैलोमा पनि सभापति रवि लामिछाने पक्राउको विरोध गर्ने भएको छ। सहकारी ठगी प्रकरणमा लामिछानेलाई गत कात्तिक २ गते काठमाडौँमा पक्राउ गरी पोखरा लगिएको थियो। उनको पक्राउविरुद्ध रास्वपाले लगातार सडकमा प्रदर्शन गरिरहेको छ।

सरकारले राजनीतिक प्रतिशोध साँधेर आफ्ना सभापतिलाई पक्राउ गरेको रास्वपाको आरोप छ। उपसभापति डोलप्रसाद अर्यालले तिहार, छठजस्ता पर्व आएकाले त्यो अवधिमा पोखराबोहक अरू ठाउँमा सडक प्रदर्शन, धर्ना लगायतका कार्यक्रम नहुने बताए। बरु, दैउसी–भैलो कार्यक्रममार्फत सरकारको कामकारबाही र पार्टी सभापतिमाथि प्रतिशोध साँधेकोबारे विरोध गरिने उनले बताए।

आर्यालले भने, ‘दैउसी–भैलो कै कार्यक्रममा पनि सरकारको डेलिभरी र सरकारले प्रतिशोध साँधेको विषय लिएर प्रदेशतिरका साथीहरूले कार्यक्रम राख्छौं भन्नु भएको छ।’ दैउसी–भैलो खेल्दा संयमित हुन र व्यक्तिगत गालीगलौजमा नउत्रिन निर्देशन दिइएको उनले जानकारी दिए। ‘संयमित हुने, गालीगलौजमा नउत्रिने, अरू पार्टीलाई गाली नगर्ने र व्यक्तिलाई गाली नगर्ने भनेर सल्लाह दिएको छु,’ आर्यालले भने।

पोखरामा भने तिहार, छठका बेला पनि निन्तर धर्ना दिने कार्यक्रम जारी रहने उनको भनाइ छ। ‘हाम्रो पोखराको धर्ना निरन्तर नै चलिरहन्छ,’ अर्यालले भने, ‘सभापति बाहिर नस्किन्जेल त्यो चली नै राख्छ।’

उनले आफूले आजै सभापति लामिछानेसँग भेटघाट गरेको र तिहार, छठजस्ता पर्वमा नागरिकलाई दुःख दिने गरी कार्यक्रम नगर्न आग्रह गरेको बताए। ‘म आज बिहान पार्टी सभापतिलाई पनि भेट्न गएको थिएँ,’ अर्यालले भने, ‘सभापतिज्यूसँग पनि कुरा हुँदा तिहार र छठमा नागरिकलाई दुःख दिनुहुँदैन, म आफ्नो लडाइँ लडिहाल्छु भन्नुभएको छ।’

तिहारपछि के कसरी अघि बढ्ने भन्ने विषयमा भने पार्टीमा छलफल भइहेको उनको भनाइ छ। ‘हामी सबै केन्द्रीय सदस्य, सांसदसँग छलफल गरिरहेका छौं। त्यसबारे निष्कर्ष निकाल्नचाहिँ अलिकति समय लाग्छ,’ उनले भने। ‘सभापतिज्यूसँग पनि सल्लाह लिनुपर्ने हुन्छ,’ उपसभापति अर्यालले भने, ‘उहाँले दिएको निर्देशन अनुसार हामी सल्लाह गरेर अगाडि बढाउँछौं।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो