२०८२, ९ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आरजुसँग भेट्न खोजेको म्यासेज अनुमतिबिना सार्वजनिक भएपछि कानूनी प्रक्रियामा जाने डीपी अर्यालको चेतावनी

२०८१, १६ कार्तिक शुक्रबार १२:५५

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्याल (डीपी) ले आफ्ना व्यक्तिगत टेलिफोन संवाद र म्यासेज सामाजिक सञ्जालमा सार्वजनिक भएकोप्रति आपत्ति जनाउँदै कानूनी कदम चाल्ने चेतावनी दिएका छन्। बिहीबार एक विज्ञप्ति जारी गर्दै पूर्वमन्त्रीसमेत रहेका अर्यालले प्रधानमन्त्री, मन्त्री, र विभिन्न दलका नेतासँगको भेटघाटको बारेमा सञ्चार माध्यम र सामाजिक सञ्जालमा फैलिएका टिप्पणीहरूलाई गम्भीरताका साथ लिएको बताएका छन्।

पार्टी सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेपछि राजनीतिक दलका शीर्ष नेताहरुसँग भेट्नेक्रममा अर्यालले गत साता परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग भेट्न चाहेको र भेटको समय मिलाइदिन उनको सचिवालयमा रहेका व्यक्तिलाई म्यासेज गरेको भन्दै म्यासेज सार्वजनिक भएको थियो । सोप्रति आपत्ति जनाउँदै अर्यालले कानूजनी प्रक्रियामा जाने चेतावनी दिएका हुन् ।

रवि लामिछानेको पक्राउ आवश्यक थियो वा त्यो राजनीतिक प्रतिशोधपूर्ण कदम थियो ? त्यो यो बहसको विषय बनिरहँदा सभापति कानूनी लडाईंमा भएको अर्यालको भनाइ छ। ‘र उहाँले कानूनी प्रक्रियाबाटै न्याय पाउनेमा हामी विश्वस्त छौं। सभापतिको अनुपस्थितमा पनि पार्टीका नियमित काम गर्नु र राजनीतिक मुद्दामा सरकार र विभिन्न दलका नेतासँग छलफल गर्नु हाम्रो जिम्मेवारी नै हो। जिम्मेवारी पूरा गर्दा एक पक्षीय ढंगबाट गलत मनसायका साथ गरिएको प्रचारप्रति दुःखित छु’ उनले भनेका छन्।

उनले बिना अनुमति अरुको सूचना सामाजिक सञ्जालमा राखेर मुलुकी अपराध संहिता २०७४ प्रतिकूल कार्य गरिएको बताएका छन्। सोही ऐनको दफा २९३ मा अर्काको कुरा सुन्न र ध्वनीअंकन गर्न नहुने, दफा २९७ मा टेलिफोनमा गरेको कुरा सुन्न नहुने र दफा २९८ मा विद्युतीय माध्यमद्वारा गोपनियता भंग गर्न नहुने व्यवस्था भएका उनले स्मरण गराएका छन् ।

‘मैले मेरो निजी टेलिफोनबाट कोसँग केके संवाद गरे र गर्दै छु भन्ने सूचना प्राप्त गर्नको लागि नियतबस नियोजित ढंगले गैरकानूनी र अनधिकृत रुपले मेरो अनुमति र स्वकृति बेगर जासुसी तरिकाले बद्नियतका साथ वैयक्तिक गोपनियता माथि दखल पुर्‍याएको हुँदा निजलाई कानूनी कारवाही गरियोस्। कानूनी प्रक्रियामा जाने नै छु’ उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा