२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आरजुसँग भेट्न खोजेको म्यासेज अनुमतिबिना सार्वजनिक भएपछि कानूनी प्रक्रियामा जाने डीपी अर्यालको चेतावनी

१६ कार्तिक २०८१, शुक्रबार १२:५५

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्याल (डीपी) ले आफ्ना व्यक्तिगत टेलिफोन संवाद र म्यासेज सामाजिक सञ्जालमा सार्वजनिक भएकोप्रति आपत्ति जनाउँदै कानूनी कदम चाल्ने चेतावनी दिएका छन्। बिहीबार एक विज्ञप्ति जारी गर्दै पूर्वमन्त्रीसमेत रहेका अर्यालले प्रधानमन्त्री, मन्त्री, र विभिन्न दलका नेतासँगको भेटघाटको बारेमा सञ्चार माध्यम र सामाजिक सञ्जालमा फैलिएका टिप्पणीहरूलाई गम्भीरताका साथ लिएको बताएका छन्।

पार्टी सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेपछि राजनीतिक दलका शीर्ष नेताहरुसँग भेट्नेक्रममा अर्यालले गत साता परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग भेट्न चाहेको र भेटको समय मिलाइदिन उनको सचिवालयमा रहेका व्यक्तिलाई म्यासेज गरेको भन्दै म्यासेज सार्वजनिक भएको थियो । सोप्रति आपत्ति जनाउँदै अर्यालले कानूजनी प्रक्रियामा जाने चेतावनी दिएका हुन् ।

रवि लामिछानेको पक्राउ आवश्यक थियो वा त्यो राजनीतिक प्रतिशोधपूर्ण कदम थियो ? त्यो यो बहसको विषय बनिरहँदा सभापति कानूनी लडाईंमा भएको अर्यालको भनाइ छ। ‘र उहाँले कानूनी प्रक्रियाबाटै न्याय पाउनेमा हामी विश्वस्त छौं। सभापतिको अनुपस्थितमा पनि पार्टीका नियमित काम गर्नु र राजनीतिक मुद्दामा सरकार र विभिन्न दलका नेतासँग छलफल गर्नु हाम्रो जिम्मेवारी नै हो। जिम्मेवारी पूरा गर्दा एक पक्षीय ढंगबाट गलत मनसायका साथ गरिएको प्रचारप्रति दुःखित छु’ उनले भनेका छन्।

उनले बिना अनुमति अरुको सूचना सामाजिक सञ्जालमा राखेर मुलुकी अपराध संहिता २०७४ प्रतिकूल कार्य गरिएको बताएका छन्। सोही ऐनको दफा २९३ मा अर्काको कुरा सुन्न र ध्वनीअंकन गर्न नहुने, दफा २९७ मा टेलिफोनमा गरेको कुरा सुन्न नहुने र दफा २९८ मा विद्युतीय माध्यमद्वारा गोपनियता भंग गर्न नहुने व्यवस्था भएका उनले स्मरण गराएका छन् ।

‘मैले मेरो निजी टेलिफोनबाट कोसँग केके संवाद गरे र गर्दै छु भन्ने सूचना प्राप्त गर्नको लागि नियतबस नियोजित ढंगले गैरकानूनी र अनधिकृत रुपले मेरो अनुमति र स्वकृति बेगर जासुसी तरिकाले बद्नियतका साथ वैयक्तिक गोपनियता माथि दखल पुर्‍याएको हुँदा निजलाई कानूनी कारवाही गरियोस्। कानूनी प्रक्रियामा जाने नै छु’ उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान