२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्री ओलीको हत्या गर्न उक्साउने रतन कार्की प्रहरी निगरानीमा

२०८१, १९ कार्तिक सोमबार १५:५७

काठमाडौं । दशरथ रंगशालामा प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्न उक्साउने अभिव्यक्ति दिएपछि रतन कार्की प्रहरीको निगरानीमा परेका छन्। काठमाडौंमा बुधबार सम्पन्न दक्षिण एशियाली महिला फुटबल प्रतियोगिताको फाइनल खेल हेर्न पुगेका प्रधानमन्त्रीविरुद्ध रंगशालामा नाराबाजी गरिनुका साथै हत्या गर्न उक्साउने गतिविधि पनि देखिएपछि प्रहरीले यस मामलामा अनुसन्धान सुरु गरेको हो।

जापानमा बस्दै आएका कार्कीले फेसबुक लाइभमार्फत उक्त अभिव्यक्ति दिएका थिए। लाइभको क्रममा उनले उपस्थित दर्शकलाई “प्रधानमन्त्रीलाई घेरेर हत्या गर्न” उक्साएका थिए।

उनले फेसबुक लाइभ गर्दै भनेका थिए, ‘आज गरौं यत्तिचाहिँ गरिहालौं के ! आज गरिएन भने हामी धेरै पछुताइन्छ । आँटौं साथीहरु आज । तपाईंहरुले गेम हेरिरहनुभएको होला,तर मैले अरु नै केही हेरिरहेको छु । आज हामीले चाहेम भने मार्न सकिन्छ । यत्रो मान्छे छन् एउटा ग्रुप बनाएर घेर्ने हो भने फ्याट्टै मार्न सकिन्छ । मारेपछि मारेको मार्यै हुन्छ । आँटम त आज । आज आँटी हालौं,धेरै टाइम पनि छैन । बूढो गइहाल्छ मतलब उता जान पनि टाइम छैन, उता जान पनि छैन । बुझ्नु न यत्ति चाँही गरौं के । आज गरिएन भने पछुताइन्छ साथीहरु ।’ त्यसो भनेपछि उनी रुन्चे स्वर र अनुहारमा प्रस्तुत भएका थिए ।

प्रहरी र जापानस्थित नेपाली दूतावासले कार्कीको यस गतिविधिबारे प्रारम्भिक विवरण प्राप्त गरी उनको निगरानीमा राखेका छन्। प्रहरी स्रोतका अनुसार कार्कीको बारेमा विस्तृत विवरण संकलन गरिसकिएको छ। यस घटनाले राष्ट्रिय सुरक्षासम्बन्धी गम्भीर प्रश्न खडा गरेको छ, र यसमा संलग्न अन्य व्यक्तिहरूको पहिचान गर्न समेत प्रहरीले अनुसन्धानलाई अघि बढाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार