२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

सुदूरपश्चिमका जनता अहिले शेरबहादुर देउवाको नामसमेत सुन्न तयार छैनन् : सिंह

२०८१, २० कार्तिक मंगलवार १६:२६

काठमाडौँ | स्वतन्त्र सांसद डा. अमरेश कुमार सिंहले अहिले सुदूरपश्चिमका जनता कांग्रेस सभापति शेरबहादुर देउवाको नामसमेत सुन्न तयार नभएको टिप्पणी गरेका छन् । आफू भर्खरै सुदूरपश्चिमको भ्रमणबाट फर्किएको बताउँदै उनले त्यहाँका जनताले देउवाको नामसमेत सुन्न नचाहेको दाबी पेश गरे ।

प्राइम टिभीबाट प्रसारण भएको ‘प्राइम सम्वाद’ मा पत्रकार कृष्ण मल्लसँगको कुराकानीमा सांसद सिंहले छठपनि सुरु हुने आन्दोलनबाट ३० वर्षदेखि देश कब्जा गरेर बसेका पूराना नेताहरु पलायन हुने दाबीसमेत गरे । उनले सत्तामा बसेकाहरुलाई पनि सत्तामाथि विश्वास नभएर अहिले भित्रभित्र आन्दोलनको तयारी थालेको खुलासा गरे ।

उनले भने,‘उपेन्द्र यादव र सिके राउतपनि आन्दोलनको तयारीमा छन् । सिके राउतले बोलिसक्नुभयो । उपेन्द्र यादवपनि घुमिरहनुभएको छ । राप्रपाले पनि आन्दोलनको तयारी गरेको छ । रास्वपा त आन्दोलनमै छ । अहिले केही दिन आन्दोलन स्थगन् भएको हो । बालेन शाहले पनि भित्रभित्र आन्दोलनको तयारी गरिरहेका छन् ।

उनले सरकारसँग टसल गरिरहेका छन् । माओवादीले पनि आफ्नो साख जोगाउनको लागि आन्दोलनको तयारीमा छ । कसैले समायोजन गरिदियो भने यिनीहरु सबै एक ठाउँमा हुन्छन् । यो सरकार जम्मा दुई जनाको हो, आरजु देउवा र केपी ओलीको हो । पार्टीको भूमिका गौण छ । दलभित्रै लोकतन्त्र छैन् । दलपनिले राजाभन्दा बढि पार्टीभित्र र देशभित्र निरंकुशता लाद्न खोजिरहेको छ । यो कुरा जनताले बर्दास्त गर्दैनन् ।’ उनले मीनबहादुर गुरुङको दाने जग्गा लिने एमालेको निर्णय नै हाकाहाकी भ्रष्टाचार भएको टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार