काठमाडौँ | राष्ट्रपति रामचन्द्र पौडेल छालाको जुत्ता लगाएरै छठ पूजामा सहभागी भएपछि उनको आलोचना भइरहेको छ । काठमाडाैंको गाैरीघाटस्थित छठ पूजास्थलमा बिहीबार दिउँसाे राष्ट्रपति पाैडेल श्रीमती सविता पाैडेलका साथ सहभागी भएका थिए ।
त्यहाँ उनले अस्ताउँदो सूर्यलाई अर्घ दिने क्रममा छालाको जुत्ता खाेलेका थिएनन् । हिन्दु परम्परामा जुत्ता लगाएर पूजा गर्न पाइँदैन ।
पूजास्थलमा छालाको जुत्ता झनै अपवित्र मानिन्छ । तर, राष्ट्रपति पाैडेलले भने छालाको जुत्ता लगाएरै पूआअर्जना गरेपछि सामाजिक सञ्जालमा उनको आलाेचना भइरहेको छ ।