९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पूर्वमन्त्री दीपक मनाङेले भने: ‘पूर्णपाठ आएपछि अदालतमा उपस्थित हुनेछु’

२३ कार्तिक २०८१, शुक्रबार १३:४९

काठमाडौँ | गण्डकी प्रदेशका पूर्वमन्त्री तथा सांसद दीपक मनाङेले सर्वोच्च अदालतबाट ज्यान मार्ने उद्योगमा दोषी ठहर भएपछि अदालतमा पूर्णपाठ प्राप्त भएपछि मात्रै उपस्थित हुने बताएका छन्। शुक्रबार जारी विज्ञप्तिमा मनाङेले कानुनी प्रक्रिया अनुसार आफ्नो कानुन व्यवसायीलाई फैसलाको नक्कल संकलन गर्न पठाएको भए पनि अद्यावधिक पूर्णपाठ नआएको जानकारी गराएका छन्।

‘सम्मानित सर्वोच्च अदालतबाट फैसलाको पूर्णपाठ लिखित रूपमा प्राप्त भएपछि म अदालतमा स्वयं उपस्थित हुने जानकारी गराउन चाहन्छु,’ मनाङेले विज्ञप्तिमा भनेका छन्। उनले फैसलापछि सञ्चारमाध्यमहरूबाट तारन्तार फोन आएपछि मोबाइल बन्द गरेको र आफूविरुद्ध भ्रामक समाचार फैलिएकोप्रति आपत्ति पनि जनाएका छन्।

गत कात्तिक २० गते सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले पुनरावेदन अदालत, पाटनको पाँच वर्ष कैद सजायको फैसला सदर गरेको थियो। पाटन अदालतले यसअघि जिल्ला अदालतको दुई वर्ष कैद सजायलाई उल्टाउँदै ५ वर्षको सजाय सुनाएको थियो।

मनाङे भने पुनरावेदन अदालतको फैसला पछि फरार रहँदै आएका थिए, र २०७५ वैशाख ६ गते मात्रै काठमाडौँमा पक्राउ परेका थिए। पक्राउ परेपछि सर्वोच्च अदालतमा पुनरावेदन गर्दै उनले धरौटीमा रिहा हुने आदेश प्राप्त गरे। सर्वोच्चको आदेशपछि थुनाबाहिर रहँदै उनले सांसदका रूपमा दुई पटक निर्वाचित भई मन्त्री पदमा समेत कार्य गरेका थिए।

हाल उनी स्वतन्त्र सांसदको रूपमा सक्रिय रहे पनि सर्वोच्चले पुनरावेदन अदालतको फैसला सदर गरेसँगै अब उनलाई पुनः जेल जानुपर्ने अवस्था आएको छ। फैसलापछि मनाङे सम्पर्कविहीन बनेका छन्, र उनले फोन बन्द गरेर बसेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो