९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

सहकारी होस् कि मानव तस्करी, गल्ती गर्नेले सजाय भोग्नुपर्छ : महामन्त्री थापा

२४ कार्तिक २०८१, शनिबार १४:३७

काठमाडौँ | नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कानूनविपरीत कार्य गर्ने सबै जना कानूनी प्रक्रियाअनुसार अनुसन्धानको दायरामा आउनुपर्ने बताएका छन् ।

कोहीप्रति कुनै प्रकारको पूर्वाग्रह वा पक्षपात नगरी कानूनले स्वतन्त्र र निर्भिक रूपमा आफ्नो काम गर्न पाउनु नै कानूनी शासनको मान्यता भएको उनको भनाइ छ ।

शनिबार फेसबुकमा एक स्टाटस लेख्दै उनले सहकारी प्रकरण होस् कि मानव तस्करी यस्ता प्रकरणमा सत्ताको नजिकको होस् कि टाढा जो भए पनि अनुसन्धान हुनुपर्ने बताएका हुन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,‘सहकारी प्रकरण होस् कि जनप्रतिनिधि, मानव तस्करीमा संलग्न रहेको प्रकरण होस्, यस्ता प्रकरणमा संलग्न सत्ताको नजिकको होस् कि टाढाको होस्, नयाँ होस् कि पुरानो होस्, भीडको होस् कि टाकुराको होस्, एक्लो होस् कि शक्तिशाली होस्, कानून सबैको लागि बराबर हुनुपर्छ । गल्ती गर्नेले सजाय भोग्नुपर्छ ।’

सबै कानूनी दायरामा आउनुपर्छ र सबैले आफ्नो भागको कानूनी दायित्व बोक्नुपर्ने महामन्त्री थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो