२०८२, ९ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

सहकारी होस् कि मानव तस्करी, गल्ती गर्नेले सजाय भोग्नुपर्छ : महामन्त्री थापा

२०८१, २४ कार्तिक शनिबार १४:३७

काठमाडौँ | नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कानूनविपरीत कार्य गर्ने सबै जना कानूनी प्रक्रियाअनुसार अनुसन्धानको दायरामा आउनुपर्ने बताएका छन् ।

कोहीप्रति कुनै प्रकारको पूर्वाग्रह वा पक्षपात नगरी कानूनले स्वतन्त्र र निर्भिक रूपमा आफ्नो काम गर्न पाउनु नै कानूनी शासनको मान्यता भएको उनको भनाइ छ ।

शनिबार फेसबुकमा एक स्टाटस लेख्दै उनले सहकारी प्रकरण होस् कि मानव तस्करी यस्ता प्रकरणमा सत्ताको नजिकको होस् कि टाढा जो भए पनि अनुसन्धान हुनुपर्ने बताएका हुन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,‘सहकारी प्रकरण होस् कि जनप्रतिनिधि, मानव तस्करीमा संलग्न रहेको प्रकरण होस्, यस्ता प्रकरणमा संलग्न सत्ताको नजिकको होस् कि टाढाको होस्, नयाँ होस् कि पुरानो होस्, भीडको होस् कि टाकुराको होस्, एक्लो होस् कि शक्तिशाली होस्, कानून सबैको लागि बराबर हुनुपर्छ । गल्ती गर्नेले सजाय भोग्नुपर्छ ।’

सबै कानूनी दायरामा आउनुपर्छ र सबैले आफ्नो भागको कानूनी दायित्व बोक्नुपर्ने महामन्त्री थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा