२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

सिंहदरबारभित्रै विरोध प्रदर्शनमा उत्रिए कर्मचारी

२५ कार्तिक २०८१, आईतवार १४:४८

काठमाडौँ | सर्वोच्च अदालतले नेपाल विविध सेवाका प्राविधिक कर्मचारीलाई स्वतः बढुवा र समायोजन गर्ने आदेश दिएपछि, यसविरुद्ध सरकारी कर्मचारीहरूले सिंहदरबारभित्रै विरोध प्रदर्शन गरेका छन्। आइतबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअगाडि भेला भई उनीहरूले अदालतको आदेश प्रशासन सेवाका कर्मचारीहरूका लागि बढुवाको अवसर खोस्ने जोखिम रहेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन्।

त्यस्तै प्रतिस्पर्धाका आधारमा सेवा क्षेत्रमा प्रवेश गरेका र वृत्ति विकासको चरणमा रहेका कर्मचारीहरूको न्यायोचित बढुवामा अवरोध पु¥याउनसक्ने भन्दै उनीहरुले मन्त्रालयको ध्यानाकर्षण गराएका छन् ।
सरकारलाई सर्वोच्चको आदेश कार्यान्वयन नगर्न र फैसलाउपर रिट आदेशको पुनरावलोकनमा जानसमेत माग गरिएको शाखा अधिकृत हरिप्रसाद पौडेलले बताए ।

आन्दोलित कर्मचारीहरूले निजामती सेवा ऐन र नियमावलीको मर्मअनुसार प्रतिस्पर्धात्मक र न्यायोचित वृत्ति विकास सुनिश्चित गर्नुपर्ने माग राखेका छन्। आफ्ना मागलाई थप बल दिन संघर्ष समिति गठन गरी आन्दोलनलाई निरन्तरता दिने तयारी रहेको पनि जनाइएको छ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य