काठमाडौँ | काठमाडौं जिल्ला अदालतले कोशी प्रदेशका तत्कालीन मन्त्री लिलाबल्लभ अधिकारीलाई २ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। काठमाडौं प्रहरी परिसरका प्रवक्ता नवराज अधिकारीले म्याद थप गरेर अनुसन्धान गर्ने अनुमति प्राप्त भएको जानकारी दिएका छन्।
आइतबार विराटनगरबाट पक्राउ परेका अधिकारीलाई मानव तस्करी आरोपमा प्रहरीले पक्राउ गरेको हो। विवाद बाहिर आएपछि अधिकारीले मन्त्रीको पदबाट राजिनामा दिएका थिए।