२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

उपनिर्वाचनमा रास्वपा हेटौंडा–१२ ले आशा बिर बललाई उम्मेद्वार बनाउने

२६ कार्तिक २०८१, सोमबार ०८:५४

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरले हेटौंडा उपमहानगरपालिका वडा नम्बर– १२ को उपनिर्वाचनको उम्मेद्वार टुङ्गाएको छ ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर– १२ को वडा अध्यक्षका लागि मंसिर १६ मा उपनिर्वाचन हुनेछ । आइतबार वडा,नगर र जिल्ला कार्यसमितिको सयुक्त बैठकले आशा बिर बललाई वडा अध्यक्षको उम्मेदवारमा रास्वपा मकवानपुरले अघि सारेको हो ।

‘हेटौंंडा उपमहानगरपालिका वडा नम्बर– १२ मा विभिन्न समाजिक कार्यहरूमा सहभागिता जनाउँदै आइरहेका बललाई रास्वापाको उमेद्वार पाएका छाँै, आशा बिर बल सक्षम उमेद्वार हुनुहुुन्छ’ नगर सभापति धुर्वबहादुर विष्टले भने ।

उक्त रिक्त रहेको पदमा रास्वपाले सर्वाधिक मत ल्याएर वडा अध्यक्ष पदमा निर्बाचित हुनेमा कुनै शंका नरहेको मकवानपुर क्षेत्र नम्वर १ सभापति टाकाराज थापाले दाबी गरे ।

‘हाम्रो उमेद्वावार पुराना दल भन्दा कुनैपनि कुराले कमजोर छैन ।’ रास्वपा मकावानपुरका सभापति भरत पराजुलीले भने । ‘यो पल्ट हेटौडा– १२ नम्बर का जनता सचेत छन् । पक्कैपनि देशको राजनीति अवस्था अबलम्बन गरेर मतदान गर्नु हुनेछ भन्नेमा हामी ढुक्क छौँ ।’ उनले थपे ।

यसैगरि अन्य उम्मेद्वारमा रास्वपा बाट आशाबिर बल ,एकीकृत समाजवादी बाट बलराम बल ,राप्रपा प्रेम लामा ब्लोन ,कांग्रेस बाट सम्भावित अर्जुन तिवारी ,एमाले बाट सम्भावित राजेश नगरकोटी र माओवादी बाट सम्भावित रबिन प्रधान रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य