२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

चीन भ्रमणअघि मन्त्रिपरिषद् पुनर्गठनको गर्ने ओलीको तयारी, को को छन् “रेड जोन” मा?

२६ कार्तिक २०८१, सोमबार १३:१५

काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणअघि मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेका छन्। ओलीले कार्यसम्पादनमा कमी देखिएका मन्त्रीहरूलाई हटाएर केही नयाँ अनुहार भित्र्याउने योजना बनाएको स्रोतले जनाएको छ।

प्रधानमन्त्री ओलीले असार ३० मा पदभार ग्रहण गरेपछि २२ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए। तर, मन्त्रालयहरूमा कार्यसम्पादन प्रभावकारी नभएको र नागरिक समस्याहरूमा समयमा निर्णय हुन नसकेको भन्दै मन्त्रिपरिषद् हेरफेरको तयारी गरेका हुन्।

को को छन् “रेड जोन” मा?

स्रोतका अनुसार, प्रधानमन्त्री ओलीको “रेड जोन” मा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे, भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी, सहरी विकासमन्त्री प्रकाशमान सिंह, र खानेपानीमन्त्री प्रदीप यादव रहेका छन्।

भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहाल
देवेन्द्र दाहालले बाढीपहिरोको विपत्तिमा प्रभावकारी कदम नचालेको र बिग्रिएका सडक तथा पूर्वाधारहरूलाई तत्काल सुधार गर्न समन्वय गर्न नसकेको आरोप लागेको छ। “काममा सुधार गर्न सचेत गराइए पनि नतिजा देखाउन नसक्दा उनको विकल्प खोज्ने तयारी गरिएको हो,” प्रधानमन्त्री निकट स्रोतले बतायो।

पर्यटनमन्त्री बद्री पाण्डे
पर्यटनमन्त्री पाण्डेले दशैंको मुखमा निजी एयरलायन्सहरूको मनोमानी रोक्न नसकेको र पशुपति क्षेत्र विकास कोषसँगको विवाद समाधान गर्न असफल भएको आरोप लगाइएको छ। प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले उनलाई सुधारका लागि पटक-पटक निर्देशन दिएका थिए।

भूमि व्यवस्था मन्त्री बलराम अधिकारी
भूमि व्यवस्था मन्त्री अधिकारीले सुकुम्बासी समस्या समाधान र नदी किनाराका मापदण्ड लागू गर्न ध्यान नदिएको र सरुवा बढुवामा मात्र केन्द्रित भएको गुनासो उठेको छ।

सहरी विकासमन्त्री प्रकाशमान सिंह
सहरी विकासमन्त्री प्रकाशमान सिंहमाथि पनि कार्यक्षेत्र बाहिरका विषयहरूमा ध्यान दिएको आरोप लागेको छ। प्रमुख संरचना विकासमा ध्यान नदिएर कर्मचारीको सरुवा र बढुवामात्रै प्राथमिकतामा परेको उनको आलोचना भएको छ।

खानेपानीमन्त्री प्रदीप यादव
प्राकृत्तिक विपत्तिपछि बिग्रिएका खानेपानी स्रोतहरूमा तत्काल सुधार गर्न नसकेको आरोपमा खानेपानीमन्त्री प्रदीप यादव पनि आलोचनाको घेरामा छन्। उनको कार्यशैलीमा प्रभावकारीता नदेखिएपछि प्रधानमन्त्री ओलीले विकल्प खोज्ने संकेत दिएका छन्।

मन्त्रिपरिषद् पुनर्गठनको तयारी
प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्लाई थप मजबुत बनाउन एक महिनाअघि नै मन्त्रीहरूलाई कार्यसम्पादन सुधार्न निर्देशन दिएका थिए। तर, सुधार नदेखिएपछि अब मन्त्री परिवर्तनको तयारी गरिएको बताइएको छ। घटिमा तीनदेखि अधिकमा पाँच मन्त्रीसम्म परिवर्तन गरिने सम्भावना रहेको स्रोतले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता