९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रविलाई भेटेपछि रास्वपाको आरोप: पार्टी सभापति रवि लामिछानेमाथि राज्यको राजनीतिक प्रतिशोध

२६ कार्तिक २०८१, सोमबार १७:११

कास्की | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछानेलाई राज्य पक्षले अनावश्यक रूपमा हिरासतमा राखेर राजनीतिक प्रतिशोध साँधेको आरोप लगाउँदै पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने घोषणा गरेको छ। सोमबार कास्की प्रहरी हिरासतमा लामिछानेसँग भेट गरेपछि उपसभापति स्वर्णिम वाग्लेले आन्दोलनलाई निरन्तरता दिने निर्णय गरिएको जानकारी दिए।

उपसभापति डीपी अर्यालले लामिछानेलाई रुपन्देही लैजाने तयारी रहेको जानकारी पाएको बताउँदै, दोस्रो चरणको आन्दोलनको मोडालिटीबारे पार्टीले पर्सी जानकारी दिने बताए। प्रवक्ता मनिष झाले लामिछानेलाई पटक–पटक हिरासतमा राख्न म्याद थप गराइएकोमा असन्तुष्टि व्यक्त गर्दै यो कदमलाई राज्यको दम्भ र प्रतिशोधको अभिव्यक्ति भने।

“हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने कारण देखिँदैन, तर म्याद १३ दिन थप गरिएको छ। स्वास्थ्य अवस्था बुझ्दै आन्तरिक छलफल गरेका छौं, र यो विषयमा केन्द्रीय समितिमा छलफल गरेर आधिकारिक धारणा सार्वजनिक गर्नेछौं,” झाले बताए। साथै, उनले सरकारको अधिनायकवादी प्रवृत्तिप्रति पनि आलोचना गरे।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता