२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

प्रत्यारोपण केन्द्रमा आन्दोलन : विवादित डा.श्रेष्ठलाई मन्त्रीले संरक्षण गरेको आरोप

२०८१, २८ कार्तिक बुधबार १४:३३

भक्तपुर । भक्तपुरको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा भएको अनियमितताविरुद्ध स्थानीयवासीले विरोध प्रदर्शनलाई जारी राखेका छन् । डेढ महिनादेखि स्थानीय आन्दोलनमा छन् ।

बुधबार पनि स्थानीय प्रदर्शनमा उत्रिएका छन् । भक्तपुर नागरिक सरोकार समाज सेवा सुचारु संघर्ष समितिको अगुवाइमा जारी आन्दोलनमा अस्पतालभित्र भइरहेको अनियमितता र बेथिति तत्काल अन्त्य गर्न माग गरिएको छ ।

बुधबारको प्रदर्शनमा उनीहरुले स्वास्थ्यमन्त्री प्रदीप पौडेलको चर्को विरोध गरेका छन् । मन्त्रीलाई भेटेर पटक पटक ज्ञापन पत्र बुझाएपनि मन्त्रीले नै भ्रष्टहरुलाई संरक्षण गरिरहेको बताए । केन्द्रमा रहेका बेथितिहरूका विषयमा मन्त्री पौडेललाई पटक पटक जानकारी गराएपनि विवादमा मुछिएका अस्पतालका कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठलाई संरक्षण गरिएकोमा स्थानीय अगुवा राजेन्द्र पुरीले आपत्ति प्रकट गरे ।

अस्पतालको सेवा सुविधा रोक्ने, आफूखुशी डाक्टरहरु वर्खास्त गर्ने साथै अवैधानिक रुपमा मानव अंग प्रत्यारोपण गर्नेलाई मन्त्रीले संरक्षण गरेकोमा आफूहरु अचम्मित परेको उनले बताए ।

केन्द्रमा मुटु, कलेजो, मिर्गौला, फोक्सो तथा नसा सेवा तत्काल सुचारु गर्नुपर्ने, बिहान ९ बजेदेखि ४ बजेसम्म सेवा दिने वातावरण बनाउनुपर्ने, अस्पतालभित्र हुने सबै प्रकारका सामाजिक उत्पीडन अन्त्य हुनुपर्ने, कर्मचारीको रोकिएको तबभत्ता श्रम ऐनअनुसार भुक्तानी हुनुपर्ने र केन्द्रको नेतृत्वलाई कारबाही गर्नुपर्ने उनीहरूको माग छ ।

यसअघि पटक पटक मन्त्री पौडेललाई भक्तपुरवासीले मागसहितको पत्र बुझाएका थिए । त्यसमा लामो समय बितिसक्दा पनि सुनुवाइ नभएपछि उनीहरूले मन्त्रालयमै पुगेर पटक पटक ध्यानाकर्षण गराएका थिए । आन्दोलनकारीहरू अस्पतालका कार्यकारी निर्देशक डा.श्रेष्ठलाई नहटाए स्थानीयबासीले नै हटाउने चेतावनी दिएका थिए ।

कालो ब्यानरसहित प्रदर्शनमा उत्रिएका स्थानीयले माग सम्बोधन नभए जिल्ला प्रशासन कार्यालयदेखि स्वास्थ्य मन्त्रालयसम्म पुगेर घेराउका कार्यक्रम गर्ने चेतावनी दिएका छन् ।

विगत लामो समयदेखि केन्द्रमा भइरहेको बेथिति र अनियमिततासम्बन्धी मौखिक तथा लिखित रूपमै सरकारलाई अवगत गराउँदै आएको भए पनि सुनुवाइ नभएको उनीहरूको आरोप छ ।

आन्दोलनकारीहरुले भ्रष्टाचारी र अयोग्य नेतृत्वलाई अविलम्ब कारबाही गर, गैर कानुनी तरिकाले बर्खास्त चिकित्सकहरूलाई अविलम्ब पुनःबहाली गर, मुटु, कलेजो, मृर्गौला फोक्सो तथा नशा सेवाहरुलाई तुरुन्तै सुचारु गरी व्यवस्थित गर, सबै प्रकारका अस्पतालभित्र हुने सामाजिक उत्पीडन बन्द गर, कर्मचारीहरूको रोकिएको तलब सुविधा तुरुन्तै भुक्तानी गरलगायतको ब्यानर बोकेर प्रदर्शन गरेका हुन् ।

तेस्रो कार्यकालका लागि कार्यकारी निर्देशकमा नियुक्त भएका डा.श्रेष्ठको नियुक्ति, कार्यशैली र गतिविधिप्रति आन्दोलनकारी आक्रोशित छन् । ६० वर्ष उमेरहद नाघिसक्दा पनि मानव अंग प्रत्यारोपण विकास समिति(गठन)आदेश संशोधन गरी केन्द्रको कार्यकारी निर्देशक नियुक्त भएका डा.श्रेष्ठको कायैशैली र हठविरुद्ध स्थानीयले यसअघि पनि आन्दोलन गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह