९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

प्रधानमन्त्री पद छाड्दा कम्फर्टेवल र रिल्याक्स अनुभव गरेको छु : अध्यक्ष प्रचण्ड

३० कार्तिक २०८१, शुक्रबार १६:४२

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रधानमन्त्री छाड्नुपर्दा कुनै चिन्ता र पीडा नभएको बताएका छन् ।

शुक्रबार नेपाल राष्ट्रिय प्राध्यापक संगठनका पूर्वकेन्द्रीय संयोजक अखिलेश्वर लाल दासको दोस्रो स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले इतिहासले जसलाई मिल भनेको छ, तिनीहरु मिल्नुपर्ने इतिहास र लोकतन्त्रले जोसँग मिल्न हुँदैन भनेको छ तिनीहरुसँग मिल्न नहुने बताए ।

उनले प्रचण्डलाई सरकार छाडेको चिन्ता पीडा छ भन्नेमा सत्य नभएको भन्दै प्रधानमन्त्री हुँदा भन्दा कम्फर्टेबल र रिल्याक्स अनुभव गरेको बताए ।

उनले भने,’म चिप्लो कुरामा चिप्लिए र अहिले राजनीतिक अलिक जटिल हुँदै गएको कुरा मलाई महसुश भएको छ । हामी सबैले पनि आफूपनि कहाँ कहाँ चिप्लियौं भन्ने इमान्दार आत्मसमीक्षा गर्ने हो भने इतिहासले जसलाई मिल भनेको छ,तिनीहरु मिल्नुपर्छ, इतिहास र लोकतन्त्रले जोसँग मिल्न हुँदैन भनेको छ, तीनिहरुसँग मिल्न हुँदैन । यो कुराको चेतना आजको आवश्यकता हो । यसो भन्दा प्रचण्डलाई सरकार छाडेको चिन्ता पीडा भएको छ भन्छन्, त्यो होइन । विल्कुल होइन अहिले मैंले प्रधानमन्त्री हुँदा भन्दा कम्फर्टेवल फिल गरेको छु, रिल्याक्स छु । जनताको बीचमा गएको छु । ’

उनले समाजमा बढि अराजकता र निरङकुशतातिर फर्काउने कसरतहरु भइरहेको बताए । पार्टी भित्रै पनि संघीय लोकतान्त्रिक गणतन्त्रको मूल्य मान्यताबाट पछि हट्न खोज्ने कसैको मनसाय भएको भन्दै त्यसलाई सफल हुन नदिने उनको भनाई छ ।

उनले भने,‘हामी आज देख्छौ समाजमा अलि बढि अराजकता र निरङकुशतातिर फर्काउने कसरतहरु भइरहेको छ । एकातिर हामीले स्थापित गरेको संघीय लोकतान्त्रिक गणतन्त्रको मूल्य मान्यताबाट पछि हट्न खोज्ने हामी भित्र नै कसैको मनसाय त्यसलाई पनि सफल हुन नदिनुपर्ने आवश्यकता छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो