९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

राजनीतिक दलहरुले आत्मसाथ गरेको समाजवादप्रति आक्रोश छ : प्रचण्ड

३० कार्तिक २०८१, शुक्रबार १७:४३

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालका राजनीतिक दलहरुले आत्मसाथ गरेको समाजवादले जनतामा चरम असन्तुष्टि, आक्रोश र अन्यौलको स्थिति सिर्जना गरेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित सोमत घिमिरेद्वारा लिखित पुस्तक ‘सामूदायिक समाजवाद’ विमोचन र विमर्श कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले राजनीतिक दलहरु समाजवादको नारा लगाएको भएपनि जनताले त्यसको अनुभूति गर्न नपाएको बताएका हुन् ।

उनले भने, ‘हामीले समाजवाद त भन्यौं तर जनताले हामीले भनेको समाजवादको कँही कतै पनि अनुभूति गर्न पाएन । हाम्रो समाजवाद जनताको लागि आक्रोस, असन्तुष्टि र अन्यौलको अवस्था बनेको छ । त्यसकारण हामीले अब हाम्रो भावी दिसा निर्धारण गरौं । हामीले नेपाली समाजको अबको दिसा के हुने ?’

नेपाली जनताको भाग्य र भविष्य कोर्नेगरि बहस र विमर्श आजको आवश्यकता भएको उनको भनाइ छ । उनले समाजवाद थुपारेर नभई हाम्रो इतिहास, हाम्रो भूगोल, हाम्रो संस्कृतिका आधारमा निर्माण गर्नुपर्ने बताए ।

‘नेपाली जनताको भाग्य र भविष्यलाई कसरी कोर्ने बारेमा गहन बहस र विमर्श गर्न आवश्यक छ । पुस्तकका बारेमा के भन्छु भने समाजवाद थोपारेर आउने कुरा होइन । समाजवाद कितावबाट आउने कुरा होइन । समाजवाद अरु कुनै देशको नक्कल गरेर आउने कुरा पनि होइन । र समाजवाद कुनै पार्टीले आफ्नो दस्तावेजमा लेखेर आउने कुरा पनि होइन ।

समाजवाद थोपारिने होइन जगबाटै उमारेर ल्याउन आवश्यक छ । समाजवाद निर्माण गर्ने कुरा हो । हाम्रो उत्पादन पद्धतिद्धारा, हाम्रो इतिहास, हाम्रो भूगोल, हाम्रो संस्कृतिका आधारमा समाजवाद निर्माण गर्नुपर्दछ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो