२०८२, ९ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

नीजि क्षेत्रसँग मिलेर काम नगरे अर्थतन्त्रमा सुधार आउँदैन : मन्त्री सिंह

२०८१, १ मंसिर शनिबार १४:४९

विराटनगर । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि नीजि क्षेत्रसँग मिलेर सरकार अघि बढ्न चाहेको भन्दै त्यसका लागि आवश्यक समन्वय गर्न आग्रह गरेका छन् ।

मोरङ चेम्बर अफ कमर्शले आयोजना गरेको अन्तरक्रियाका क्रममा उपप्रधानमन्त्री सिंहले यस्तो बताएका हुन् । कार्यक्रममा मोरङका व्यवसायीहरूले नीजि क्षेत्रले व्यवसाय दर्तादेखि अहिले भोगिरहेका समस्याबारे जानकारी गराउँदै समाधानका लागि उपप्रधानमन्त्री सिंहको ध्यानाकर्षण गराएका थिए ।

सरकारको अहिलेको मुख्य प्राथमिकता आर्थिक समृद्धि रहेको भन्दै मन्त्री सिंहले अर्थतन्त्रको विकासका लागि नीजि क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताए । उपप्रधानमन्त्री सिंहले ०७२ को भूकम्प, त्यसपछि कोभिडका कारण समस्यामा परेको अर्थतन्त्र उठाउन सरकारले काम गरिरहेको पनि बताए ।

उनले देशको अर्थतन्त्र सुदृढ बनाउन उत्पादनको क्षेत्रमा जोड दिन आग्रह गर्दै त्यसका लागि आवश्यक सहजीकरण गर्न सरकार तयार रहेको भन्दै व्यवसायीहरूलाई विश्वस्त रहन पनि आग्रह गरे ।

नेपाली कांग्रेसको नेतृत्वमा ०४८ सालमा बनेको सरकारले लिएको खुला बजार अर्थनीतिकै कारण देशमा नीजि क्षेत्रको विकास भएको पनि उपप्रधानमन्त्री सिंहले स्मरण गराए । ०४६ साल अगाडी नीजी क्षेत्रका व्यवसायीहरूले भोगेको समस्या अहिलेको भन्दा धेरै गुणा बढी थियो ।

अहिले व्यवस्था बदलियो अवस्था बदलिएन भन्ने भाष्य बनाउन खोजिएको छ । व्यवस्था मात्र होइन अवस्था पनि क्रमिक रूपमा सबै क्षेत्रमा परिवर्नन भएको छ,’उपप्रधानमन्त्री सिंहले भने,‘ शिक्षा, स्वास्थ्य, सडक, आर्थिक क्षेत्रलगायतमा क्रमिक रूपमा परिवर्तन भएको छ । तर, समयअनुसार नयाँ चुनौतिहरु आउँछन् । त्यसलाई कसरी समाधान गर्ने भन्ने कुरामा अब जोड दिनुपर्छ । सरकार त्यसमा गम्भीर छ ।’

उपप्रधानमन्त्री सिंह शनिबार जदाहा गाउँपालिकामा गणेशमान सिंह फाउन्डेसन मोरङले आयोजना गरेको स्वास्थ्य शिविरमा पनि सहभागी भए । उनले फाउन्डेसनले आयोजना गरेको शिविरबाट लाभ लिनबाट जदाहाका कोह पनि नछुट्ने गरि संयोजन गर्न पनि आग्रह गरे ।

शिविरबाट करिब १ हजार नागरिकले स्वास्थ सेवा लिने छन् । त्यस्तै, उपप्रधानमन्त्री सिंहले जदाहामा बनिरहेको जदाहा गाउँपालिकाको प्रशासनिक भवनको पनि निरिक्षण गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा