९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

बुद्ध धर्मलाई राजनीतिक हिसाबले दुरुपयोग गरियो : प्रधानमन्त्री

१ मंसिर २०८१, शनिबार १६:२३

काठमडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध धर्मलाई राजनीतिक रूपबाट दुरुपयोग भइरहेको बताएका छन् ।

शनिबार बौद्ध बिहार संघ ललितपुरको ४९औं साधारण सभा तथा स्वर्ण जयंती वर्ष शुभारम्भ गर्दै ओलीले राजनीतिक हिसाबले बुद्धिजमलाई दुरुपयोग गर्न खोजिरहेको भन्दै त्यसलाई निषेध गर्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘राजनीतिक हिसाबले आज बुद्धिजमलाई दुरुपयोग गर्न खोजिरहेका छन् । पोल्टिकल चिटिङ गरिरहेका छन् । त्यसका लागि बुद्धिजमको दुरुपयोग गर्न खोजेका छन् । त्यो कुरालाई हामीले निषेध गर्नुपर्छ । राजनीतिका लागि बुद्धिजमलाई माध्यम बनाएर ठगी गर्ने होइन । बुद्धिजमको शिक्षा बिलकुल फरक हो । सम्पूर्ण मानव जातिका लागि मित्रता, एकता, करुणा, सहनशीलता, सहअस्तित्वको कुरा हो । वैरभाव पलायो भने बुद्धिजम छैन । बुद्धिजममा धेरै राम्रा गुण छन् । यसमा जातका आधारमा छुट्याउने घृणावादी सोच छैन ।’

साथै राजनीतिका लागि बुद्धिजमलाई माध्यम बनाएर ठगी गर्न नहुने उनको भनाइ थियो । उनले सम्पूर्ण मानव जातिका लागि मित्रता, एकता, करुणा, सहनशीलता, सहअस्तित्वको कुरा बुद्ध धर्ममा गरिएको पनि बताए । उनले धर्मका नाममा विभाजन नहुनुपर्ने बताए । धर्म विभाजनका लागि नभइ, धर्म एकता र समझदारीको लागि भएको बताए ।

ओलीले पाँच वर्षअघि भियतनाममा भएको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा आफूले भाग लिएको र यस्ता सम्मेलन संयुक्त राष्ट्रसंघकै आयोजनामा नेपालमा गर्ने कुराकानी भएका बेला कोभिड महामारीले असर गरेको सन्दर्भ उल्लेख गर्दै प्रधानमन्त्री ओलीले लुम्बिनीमा आफूले पाँच हजार क्षमताको अन्तर्राष्ट्रिय ध्यान केन्द्र निर्माण गराएको स्मरण गरे ।

सो अवसरमा प्रधानमन्त्री ओलीले बुद्धका शिक्षा र दर्शनलाई प्रचार र प्रवद्र्धनमा योगदान दिने लोटस रिसर्च सेन्टर र डुण्डुुबहादुर बज्राचार्यलाई सम्मानित गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो