२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रास्वपाले भन्यो- हाम्रा उम्मेदवारलाई धम्क्याइयो, अपहरण गरेर लगियो

२०८१, २ मंसिर आईतवार १३:४२

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूलाई आसन्न मंसिर १६ को उपनिर्वाचनका क्रममा धम्की र अपहरणको प्रयास भइरहेको पार्टीले दाबी गरेको छ। पार्टीका सांसद तथा केन्द्रीय उपनिर्वाचन परिचालन समिति सभापति गणेश पराजुलीले उम्मेदवारहरूलाई धम्की दिनुको साथै केहीलाई अपहरण शैलीमा लुकाउने प्रयास भइरहेको बताएका छन्।

‘देशभर हाम्रो उम्मेदवारलाई धम्की दिइएको छ। केही स्थानमा अपहरण शैलीमा लुकाउने कामसमेत भएको छ। यसको हामी भण्डाफोर गर्छौँ,’ पराजुलीले पत्रकार सम्मेलनमा जानकारी गराउने बताएका छन्।

हुम्लामा उम्मेदवारमाथि हमला र अपहरणको आरोप
रास्वपाका कार्यवाहक महामन्त्री बुर्लाकोटीले विज्ञप्ति जारी गर्दै हुम्लाको सर्केगाड गाउँपालिकामा उपाध्यक्ष पदका उम्मेदवार सुजता थापालाई धम्की र अपहरण प्रयास गरिएको गुनासो गरेका छन्।

बुर्लाकोटीका अनुसार शनिबार, मंसिर १ गते, करिब ४०-५० जनाको समूहले थापाको घरमा आएर उनलाई र उनका श्रीमान् बल थापालाई धक्कामुक्की गर्दै अज्ञात स्थानतर्फ लगेको दाबी गरेका छन्। यस घटनापछि गाउँमा तनाव सिर्जना भएको थियो।

‘घटना थाहा पाएलगत्तै हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयलाई जानकारी गराइयो। प्रहरीले खोजतलास र उद्धारका लागि टोली परिचालन गरेको छ,’ बुर्लाकोटीले भने।

रास्वपाले यसबारे थप जानकारी दिनका लागि दिउँसो ३ बजे पत्रकार सम्मेलनको आयोजना गरेको छ। यस क्रममा उम्मेदवारमाथि भइरहेको धम्की र अपहरण प्रयासको विस्तृत विवरण सार्वजनिक गर्ने बताइएको छ।

रास्वपाका नेताहरूले भनेका छन् कि यस्ता गतिविधिले निर्वाचनको स्वतन्त्रता र निष्पक्षतामा असर पुर्‍याउने खतरा रहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह