२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उम्मेदवारलाई धम्क्याएको भन्दै निर्वाचन आयोगमा रास्वपाको उजुरी

२०८१, २ मंसिर आईतवार १४:०६

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले हुम्लाको सर्केगाड गाउँपालिकामा पार्टीको उम्मेदवारलाई मनोनयन दर्ता नगर्न भन्दै धम्की आएको आरोप लगाएको छ ।
स्थानीय तहको उपनिर्वाचनका लागि हुम्ला जिल्ला सर्केगाड गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उपाध्यक्ष पदमा उम्मेदवारका लागि तयार रहेकी सुजता थापालाई उम्मेदवारी मनोनयनका लागि आवश्यक तयारी भइरहेको बेला उम्मेदवारी नदिन भन्दै धम्क्याइएको कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटले बिज्ञप्ति मार्फत जानकारी गराएका छन् ।

रास्वपाले धम्की दिने कार्यमा नेपाली कांग्रेसका सदस्यहरु संलग्न रहेको सूचना प्राप्त भएको निर्वाचन आयोगलाई जानकारी गराएको छ । ‘मंसिर १ गते दिउँसो करिब १ बजे निज सुजाता थापा र उहाँको श्रीमान बल थापालाई करीब ४०–४५ जना युवाहरूको समूहले घरबाट लछारपछार गर्दै अपहरण शैलीमा अज्ञात स्थलतर्फ लिएर गएको र त्यस लगत्तै गाउँमा खैलाबैला भएको थियो । यो कुरा थाहा भए लगतै हुम्लाका प्रमुख जिल्ला अधिकारी श्री नारायण पाण्डेयलाई जानकारी गराइयो । प्रजिअलाई यसअघि पनि अन्य व्यक्तिले यस घटनाको सूचना दिएकोले आवश्यक खोजतलास उद्धारको लागि प्रहरी परिचालन गरिसकेको बताउनु भएको थियो ।’ बुर्लाकोटले निर्वाचन आयोगमा दिएको पत्रमा भनिएको छ ।

‘रास्वपाका उम्मेवार र उहाँको परिवारलाई त्यसरी अपहरण शैलीका अज्ञात स्थलमा लछारपछार गरी लगी रास्वपाबाट उम्मेदवारी नदिन धम्क्याउँदै मानसिक दबाब दिने र उम्मेदवारी दिएमा जेपनि हुनसक्नेसम्मको यातना दिइएको पाइएको र त्यस पश्चात् निज सुजाता थापा र उहाँ परिवार मानसिक तनावमा देखिएको र हाल असुरक्षाका कारण उम्मेदवारी दिन नसकिने मनस्थितिमा पुग्नुभएको पाइएको छ । स्थानीय स्रोतका अनुसार उक्त निन्दनीय कार्यमा स्थानीय नेपाली काँग्रेसका सदस्यहरु संलग्न रहेको सूचना प्राप्त भएको छ । त्यसैगरी हुम्ला सर्केगाडमा उम्मेदवार तय गर्न र प्रचारप्रसारमा खटिनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सदस्यहरुलाई समेत दुर्व्यवहारका साथै लछारपछार र कुटपिट समेत भएको विवरण प्राप्त भएको छ ।’

रास्वपाले मधेश प्रदेशमा पनि स्वपाका सम्भावित उम्मेदवारहरुलाई धम्की दिने र प्रलोभनमा पार्ने सम्मका प्रयत्नहरु भएको दाबी गरेको छ । बुर्लाकोटीले निर्वाचन प्रक्रियाप्रति नै आम जनमानसमा अविश्वास र त्रास समेत सिर्जना गरेको उल्लेख गरेका छन् । ‘लोकतन्त्रको महत्वपूर्ण पक्ष स्थानीय तह उपनिर्वाचनमा पहिलोपटक सहभागी हुन लागेको संसदको चौथो ठूलो राजनीतिक दलप्रति भएको निकृष्ठ अलोकतान्त्रिक क्रियाकलापप्रति सम्मानीत निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गराउँदछौं ।’

पत्रमा भनिएको छ, ‘यस घटनाले हामीलाई साह्रै दुःखी बनाएको त छ नै । साथै निर्वाचन प्रक्रियाप्रति नै आम जनमानसमा अविश्वास र त्रास समेत सिर्जना गरेको छ । उल्लिखित घटनाक्रमलाई ध्यान दिई आसन्न उपनिर्वाचनलाई स्वच्छ, स्वस्थ र धाँधलीमुक्त वातावरणमा सम्पन्न गर्न अबिम्ब आवश्यक कदम चाल्नुका साथै घटनामा संलग्न दोषीहरुलाई कानुन बमोजिम कारवाही गर्नका लागि सम्मानीत निर्वाचन आयोग समक्ष हार्दिक अनुरोध गर्दछौं ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह