२०८२, ९ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खादा र माला सहित तामझामका साथ उम्मेदवारी दिन निस्किएका महर्जनले उम्मेदवारी रोक्नुपरेपछी….

२०८१, २ मंसिर आईतवार १४:४९

कीर्तिपुर | कीर्तिपुर नगरपालिका वडा नम्बर १ मा उम्मेदवारी दिन निस्किएका अष्टमान महर्जनले बीच बाटोमै आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। माओवादी केन्द्रबाट उम्मेदवार बन्ने तयारी गरेका महर्जनले पार्टीको निर्णय अनुसार जसपाका सरल महर्जनलाई समर्थन गर्ने घोषणा गरेका छन्।

टिका, खादा र माला सहितका माओवादी उम्मेदवारहरूको र्‍याली निर्वाचन कार्यालयतर्फ जाँदै गर्दा बाटोमै १ नम्बर वडामा माओवादीले जसपासँग तालमेल गर्ने निर्णय भएको खबर आयो। यसपछि अष्टमान महर्जनले आफ्नो उम्मेदवारी रोक्ने निर्णय गरे।

अष्टमान महर्जनले आफू पार्टीको निर्णयलाई सम्मान गर्ने बताउँदै भने, ‘पार्टीले जसपासँग गठबन्धन गर्ने निर्णय गरेको छ। म बागी उम्मेदवारी दिन्नँ। सरल महर्जनलाई मेरो समर्थन छ।’

महर्जनले सरल महर्जनलाई शुभकामना दिँदै र्‍यालीमै सहभागी भए। उनीहरू सँगै फोटो खिचाउँदै माओवादी र जसपाबीचको एकता प्रदर्शन गरे।

वडा नम्बर १ मा माओवादी केन्द्रले जसपाका उम्मेदवार सरल महर्जनलाई समर्थन गर्ने निर्णय गरेको छ। यस कदमलाई माओवादीले आफ्नो रणनीतिक सहकार्यका रूपमा प्रस्तुत गरेको छ।

यो घटनाले कीर्तिपुरमा माओवादी र जसपाबीचको सहकार्यलाई थप बलियो बनाएको देखिएको छ। अष्टमान महर्जनको उम्मेदवारी फिर्ता र सरल महर्जनलाई समर्थनले चुनावी मैदानमा नयाँ मोड ल्याएको छ।

 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा