८ पुष २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रास्वपाको दाबी- सहकारीबाट अपचलन भएको ८८ अर्ब मकै पोल्ने र जुत्ता पालिस गर्नेको होईन, राजनीतिक भ्रष्टाचारीको हो

२ मंसिर २०८१, आईतवार १७:०५

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले सहकारी ठगी प्रकरणलाई लिएर प्रमुख दलहरूमाथि तीव्र आलोचना गरेका छन्। आज (आइतबार) आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सहकारी ठगी छानबिन विशेष समितिले प्रतिवेदनमा औंल्याएको ८८ अर्ब रुपैयाँ हिनामिनामध्ये ८५ अर्ब राजनीतिक भ्रष्टाचारको पैसा रहेको दाबी गरे।

झाका अनुसार मकै पोल्ने र जुत्ता पालिस गर्ने सर्वसाधारणको नाममा इमोशनल ब्ल्याकमेल गर्दै ठूला दलहरूले सहकारीमा भएको हिनामिनालाई सामान्य बनाउन खोजेका छन्। उनले भने, ‘४० वटा सहकारीबाट ८७ अर्ब रुपैयाँ अपचलन भएको प्रतिवेदनले देखाउँछ। के सबै पैसा मकै पोल्ने र जुत्ता पालिस गर्नेको हो त? होइन, यो राजनीतिक भ्रष्टाचारको पैसा हो।’

झाले सहकारी ठगी प्रकरणमा पारदर्शिता ल्याउन सरकारले कडा कदम चाल्नुपर्ने सुझाव दिए। उनले एक अर्बभन्दा माथिको रकम सहकारीमा राख्दा स्रोत खुलाउनुपर्ने कानुनी व्यवस्था गर्न चुनौती दिँदै भने, ‘सहकारीमा स्रोत खुलाउनुपर्दैन, यही कारणले पुराना पार्टीहरूले ब्ल्याक मनी सहकारीमा राखेका छन्। हामी प्रस्ताव गर्छौं कि एक करोडभन्दा धेरैको स्रोत खुलाउन कानुनी व्यवस्था गरियोस्।’

झाले सहकारी ठगीमा थोरै मात्र रकम मकै पोल्ने र जुत्ता पालिस गर्ने जस्ता सर्वसाधारणको हुनसक्ने बताए। बाँकी ८५ अर्ब रुपैयाँ भने राजनीतिक भ्रष्टाचारबाट आएको स्पष्ट दाबी गरे।

हालै संसदीय छानबिन समितिले सार्वजनिक गरेको प्रतिवेदनले ४० वटा सहकारीमार्फत ८७ अर्ब रुपैयाँ अपचलन भएको उल्लेख गरेको छ। यस प्रकरणले देशभरमा ठगीका घटना र सहकारीहरूको पारदर्शितामाथि गम्भीर प्रश्न उठाएको छ।

मनिष झाले सहकारीलाई राजनीतिक दलहरूको कालो धनको अखडा बनाइएको आरोप लगाउँदै यसबारे कठोर कानुनी कदम चाल्नुपर्नेमा जोड दिए। उनले सर्वसाधारणको नाममा गरिने भावनात्मक ब्ल्याकमेल रोक्न आह्वान गर्दै सहकारी ठगी प्रकरणको निष्पक्ष छानबिनको माग गरे।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहकारी ठगीको आरोपमा चन्द्रागिरि–१२ का वडाध्यक्ष महर्जन पक्राउ दोषी ठहरिए रवि आजीवन रास्वपा सदस्य समेत हुन नपाउने पाँच देशका नवनियुक्त राजदूतहरूले लिए सपथ ग्रहण सभामुखलाई भेटेर रास्वपा सांसदले भने: ‘रवि लामिछानेलाई सांसदबाट निलम्बन गर्न मिल्दैन’ डीपी अर्याललाई रास्वपाको कार्यवाहक सभापति बनाउने तयारी जमिन मुनिबाट सुन निकालिदिन्छु भन्दै २ करोड ठगी गर्ने पक्राउ बालकोटमा डेरा गरी बस्ने बुबा–छोरा मृत फेला, सँगै बस्दै आएका अर्का छोरा सम्पर्कबिहीन रविको सांसद पद निलम्बनबारे दीपक बोहरा भन्छन्ः ‘राजनीतिक पूर्वाग्रहले प्रेरित भएर निलम्बन गर्न खोजियो’ एनपीएलको फाइनलमा क्रिकेट मैदान बाहिर युवकलाई कुटेको आरोपमा दुई जना पक्राउ अमेरिकामा रेलभित्रै आगो लगाएर एक महिलाको हत्या हिरासतमा रहेका रविको फोटो सार्वजनिक गर्ने निकोलस भुसाललाई पोखरा पठाइयो आज फेरि बढ्यो सुनचाँदीको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ? थुनछेक बहसका लागि रविलाई अदालत लगियो, न्यायाधीश राईको इजलासमा पेशी ‘पुष्पा-२’ का अभिनेता अल्लु अर्जुनको घरमा तोडफोड, ६ जना पक्राउ शक्ति समूहकी संस्थापक सुनिता दनुवारको आज बिहान निधन पाँच संसदीय समितिको बैठक आज बस्दै ब्राजिलमा निजी विमान दुर्घटना हुँदा पाइलटसहित १० जनाको मृत्यु आयोगले गरे भ्रष्टाचार अभियोगमा आठ जनाविरुद्ध मुद्दा दायर रविविरुद्ध सहकारी ठगी प्रकरण मुद्दामा आजदेखि थुनछेक बहस हुने आजको मौसम: उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना