२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रवि लामिछानेलाई भेट्न नपाएपछि कास्की प्रहरीविरुद्ध मानवअधिकार आयोगमा उजुरी

२ मंसिर २०८१, आईतवार १७:१४

काठमाडौँ | कास्की प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेट्न रोक लगाएपछि मानवअधिकार आयोगमा उजुरी परेको छ। पार्टीका नेता उत्तमप्रसाद पौडेलले पोखराको मानवअधिकार आयोगमा उजुरी दर्ता गर्दै प्रहरीको यो कदमप्रति आपत्ति जनाएका हुन्।

भेट्न रोक लगाइएको आरोप
पौडेलले उजुरीमा लेखेका छन्, ‘प्रहरीले बिहान ७ देखि ९ र अपराह्न ३ देखि ५ बजेसम्म हिरासतमा रहेका व्यक्तिलाई भेट्न समय छुट्याएको छ। म सोही समयमा सभापति लामिछानेलाई भेट्न पुगेको थिएँ। तर, प्रक्रियागत सबै काम पूरा गरेपछि पनि ड्युटीमा रहेका प्रहरीले माथिको आदेश भन्दै भेट्न दिएन, कारण सोध्दा कुनै जवाफसमेत दिएनन्।’

पौडेलले कास्की प्रहरी प्रमुखसहित केही प्रहरी अधिकारीलाई सचेत गराउन माग गरेका छन्। उनले भने, ‘प्रहरी उपरीक्षक श्याम ओलीया, प्रहरी नायव उपरीक्षक बसन्तकुमार शर्मा, र प्रहरी निरीक्षक अविनाश जिसीलाई सचेत गराइदिन आयोगसँग अनुरोध गर्दछु।’

उजुरीमा पौडेलले लामिछानेमाथि राज्यले गलत मनसायका साथ अनुसन्धान गरिरहेको र अभियोजनसमेत पूर्वाग्रहपूर्ण देखिएको दाबी गरेका छन्। उनले लेखेका छन्, ‘कानुनअनुसार अनुसन्धान र अभियोजन गरिनुपर्ने भए पनि सभापति लामिछानेको हकमा निर्दोष व्यक्तिलाई फसाउने प्रयास भइरहेको छ। यो मानवअधिकार उल्लंघन हो, जसप्रति आयोगले चासो देखाउनुपर्छ।’

रवि लामिछाने कात्तिक ३ गतेदेखि कास्की प्रहरी हिरासतमा छन्। यस प्रकरणलाई लिएर विभिन्न राजनीतिक तथा सामाजिक निकायले विरोध जनाउँदै आएका छन्। पौडेलको उजुरीले यस प्रकरणमा मानवअधिकार उल्लंघनको थप बहस निम्त्याएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य