७ पुष २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

राष्ट्र बैंकले अर्थ मन्त्रालयमा पेश गरेको प्रतिवेदनमा के छ ?

२ मंसिर २०८१, आईतवार १७:४६

काठमाडौं । नेपाल राष्ट्र बैंकले अर्थ मन्त्रालयलाई कार्यकारी प्रतिवेदन पेश गरेको छ । आइतबार अर्थमन्त्री बिष्णुप्रसाद पौडेलाई उक्तकार्यकारी प्रतिवेदनसारांशपेश गरिएको हो ।

प्रतिवेदनसारांशबुझ्दै अर्थमन्त्रीपौडेलले अर्थतन्त्रलाई अगाडि बढाउनका लागिथुप्रै आयामहरु रहेको बताए । उनले उत्पादन, रोजगारी, आयात, निर्यात, राजश्व र पूँजीगतखर्चमा दबाबमावा सोचेजस्तो नतिजाप्राप्त गर्न नसकेको अवस्थाभएको बताए ।

उनले भने, ‘हामीले आशा गरिरहेका छौं कीहामीसँग अर्थतन्त्रलाई अगाडि बढाउनका लागिथुप्रै आयामहरु छन् । तर सँगसँगै धेरै चूनौतिहरु पनि देखा परिरहेको अवस्था छ । अहिले हामीले उत्पादन, रोजगारी, आयात, निर्यात, राजश्व र पूँजीगतखर्चमा सोचेजस्तो नतिजाप्राप्त गर्न नसकेको अवस्था छ ।’

साथै गतआर्थिक वर्ष नेपालको कुलगार्हस्थ्यउत्पादन ३.५४ प्रतिशतले बढेको छ। राष्ट्र बैंकले तयार पारेको प्रतिवेदनअनुसार मुद्रास्फीति ५.४४ प्रतिशतमा सीमितभएको देखिएको छ।

गतआर्थिक वर्षमा कुल राजस्व संकलन १० खर्ब ८२ अर्ब रुपैयाँ सकलनभएकोमा सरकारी खर्च १४ अर्ब ८ अर्ब रुपैयाँभएको थियो ।

राष्ट्र बैंकले २०८१ असार मसान्तसम्म७३ अर्ब ढ९ करोड ९० लाख बराबरका ३५ करोड ३७लाख ५० हजार थाननयाँ नोटहरु चलनचल्तीकोलागिनिष्काशन गरेको थियो ।२०८१ असार मसान्तसम्मकुल ६ खर्ब ९० अर्ब १५ करोड बराबरका नोटहरु चलनचल्तमिा रहेका छन् ।

गतआर्थिक वर्षमा १० अर्ब २९ करोड बराबरको विदेशीलगानी र ५८ अर्ब ९६ करोड विदेशी ऋणको लेखाङकनभएको छ।
यस्तो छ प्रतिवेदनको कार्यकारी सारांश

१.विश्व आर्थिक वृद्धिदरसन् २०२४र २०२५मा ३.२ प्रतिशत रहने प्रक्षेपण छ । अन्तर्राष्ट्रिय मुद्राकोष ९क्ष्ःँ० द्वारा २०२४अक्टोबरमा प्रकाशित ध्यचमिभ्अयलयmष्अ इगतयियप अनुसार सन् २०२२ मा विश्वको आर्थिक वृद्धिदर ३.६ प्रतिशत रहेकोमा सन् २०२३ मा ३.३ प्रतिशत रहेको छ । सन् २०२४ मा विकसित देशहरूमा उपभोक्ता मुद्रास्फीति २.६ प्रतिशत र उदीयमान तथा विकासोन्मुख देशहरूमा ७.९ प्रतिशत रहने अनुमान छ । सन् २०२३ मा उपभोक्ता मुद्रास्फीति विकसित देशहरूमा ४.६ प्रतिशत र उदीयमान तथा विकासोन्मुख देशहरूमा ८.१ प्रतिशत रहेको थियो ।

२.राष्ट्रिय तथ्याङ्ककार्यालयकाअनुसार आर्थिक वर्ष २०८०÷८१मा नेपालको कुलगार्हस्थ्यउत्पादन आधारभूत मूल्यमा ३.५४प्रतिशतले बढेको प्रारम्भिकअनुमान छ । समीक्षावर्षमा आधारभूत मूल्यमा कृषि क्षेत्रको उत्पादन ३.०५प्रतिशतले र गैर–कृषि क्षेत्रको उत्पादन ३.७५प्रतिशतले बढेको अनुमानछ ।

३.आर्थिक वर्ष २०८०÷८१ को मौद्रिकनीति २०८० साउन७गते सार्वजनिक गरिएको थियो । वार्षिक औसत उपभोक्तामुद्रास्फीति ६.५ प्रतिशतभित्रकायम राख्ने मौद्रिकनीतिको लक्ष्य रहेको थियो । साथै न्यूनतम७महिनाको वस्तु तथा सेवाआयातधान्नपर्याप्तहुने विदेशीविनिमय सञ्चितिकायम गर्ने मौद्रिकनीतिको लक्ष्य रहेको थियो ।

४. आर्थिक वर्ष २०८०÷८१माऔसत उपभोक्तामुद्रास्फीति५.४४ प्रतिशतरहेको छ ।अघिल्लो वर्ष वार्षिक औसत मुद्रास्फीति७.७४ प्रतिशत रहेको थियो ।

५.आर्थिक वर्ष २०८०÷८१माकुल वस्तु निर्यातमा३.०प्रतिशतले कमीआई रु.१५२अर्ब३८ करोड र कुल वस्तु आयातमा१.२प्रतिशतले कमीआई रु.१५९२ अर्ब ९९ करोड रहेको छ ।समीक्षावर्षमाकुल वस्तु व्यापार घाटा १.०प्रतिशतले घटेर रु.१४४०अर्ब ६० करोडरहेको छ ।योकुलगार्हस्थ्यउत्पादनको २५.३प्रतिशतहो ।

६.आर्थिक वर्ष २०८०÷८१ मा चालु खाता रु.२२१ अर्ब ३४ करोडलेर शोधनान्तर स्थिति रु.५०२ अर्ब ४९ करोडले बचतमा रहेको छ । २०८१ असार मसान्तमा कुल विदेशी विनिमय सञ्चिति रु.२०४१ अर्ब १० करोड बराबर कायम भएको छ ।अमेरिकी डलरमा विदेशी विनिमय सञ्चिति१५ अर्ब २७ करोड रहेको छ ।२०८१असार मसान्तमाकायम रहेको विदेशीविनिमय सञ्चितिले १५.६ महिनाको वस्तु आयात र १३.०महिनाको वस्तु तथा सेवाआयातधान्नपुग्ने देखिन्छ ।

७. आर्थिक वर्ष २०८०÷८१ मा नेपाल सरकारको अन्य प्राप्ति समेत गरी रु.१० खर्ब ८२ अर्ब ७५ करोड राजस्व संकलन भएको छ ।कुल सरकारी खर्च रु.१४ खर्ब ८ अर्ब २ करोड रहेको छ ।

८.आर्थिक वर्ष २०८०÷८१ मा विस्तृत मुद्राप्रदाय १३.० प्रतिशतले बढेको र संकुचित मुद्राप्रदाय १.३ प्रतिशतले घटेको छ ।त्यसैगरी, कुल आन्तरिक कर्जा ६.१ प्रतिशतले तथा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ६.१ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १३.० प्रतिशतले र निजीक्षेत्रमा प्रवाहित कर्जा ५.८ प्रतिशतले बढेको छ ।

९.आर्थिक वर्ष २०८०÷८१माखुलाबजार कारोबारका विभिन्नउपकरणहरूमार्पmतकुलरु.४६खर्ब७३ अर्ब ६० करोडतरलताप्रशोचनगरिएको छ भने कुल रु.८ खर्ब ४ अर्ब ७६ करोड तरलताप्रवाहगरिएको छ ।समीक्षावर्षमा रु.१ अर्ब २०करोड स्थायी तरलतासुविधाउपयोग भएको छ ।

१०.आर्थिक वर्ष २०८०÷८१ मा बैंक तथावित्तीय संस्थाहरूकोभारित औसत अन्तरबैंक दर ३.६२प्रतिशत रहेको छ ।

११.यस बैंकबाट इजाजतपत्रप्राप्त बैंक तथावित्तीय संस्थाहरूको संख्या २०८१ असारमा १०७ रहेको छ । यसमध्ये २० वाणिज्य बैंक,

१७विकास बैंक, १७वित्तकम्पनी, ५२ लघुवित्त संस्था र १ पूर्वाधार विकास बैंक रहेका छन् । २०८१ असार मसान्तमा बैंक तथावित्तीय संस्थाहरूको शाखा संख्या ११,५३० रहेको छ ।

१२.आर्थिक वर्ष २०८०÷८१मा वाणिज्य बैंकहरूको कुल सम्पत्ति÷दायित्व१२.९प्रतिशतले वृद्धि भई रु.७२ खर्ब २७ अर्ब ६० करोड, विकास बैंकहरूको ७.९प्रतिशतले वृद्धि भई रु.७खर्ब १७ अर्ब र वित्तकम्पनीहरूको ११.२प्रतिशतले वृद्धि भई रु.१खर्ब ६९ अर्ब ७२ करोड कायमभएको छ । त्यसैगरी, लघुवित्त वित्तीयसंस्थाहरूको कुल सम्पत्ति÷दायित्व१.३प्रतिशतलेघटेर रु.५ खर्ब ५३ अर्ब ७३ करोड कायमभएको छ ।

१३. निक्षेपतथाकर्जा सुरक्षण कोषले २०८१असार मसान्तसम्म रु.२खर्ब५७ अर्ब ७२ करोड कर्जा र रु.१४खर्ब३० अर्ब ४६ करोड निक्षेप सुरक्षण गरेको छ ।

१४. कर्जा सूचना केन्द्रबाट आर्थिक वर्ष २०८०÷८१मा २० वाणिज्य बैंक, १७विकास बैंक, १७वित्तकम्पनी र ५७ लघुवित्त वित्तीय संस्थालेजम्मा

५८ लाख १५हजार ८ सय ३५कर्जाको सूचनामागगरेका थिए ।उक्तकेन्द्रमाकालो सूचीमा सूचीकृत ऋणीहरूकोसंख्या९४ हजार ४ सय ७७रहेको छ ।

१५.२०८१असार मसान्तमा नेप्से सूचकाङ्क२२४०.४विन्दुरहेको छ । बजार पुँजीकरण रु.३५खर्ब५३ अर्ब ६८ करोड कायमभएको छ ।बजार पुँजीकरणको कुलगार्हस्थ्यउत्पादनसंँगको अनुपात६२.२९प्रतिशत रहेको छ ।

१६.आर्थिक वर्ष २०८०÷८१ को मौद्रिकनीतिमाउल्लिखित सम्पत्ति शुद्धीकरण निवारणसँग सम्बन्धितव्यवस्था, लघुवित्त वित्तीय संस्थाहरूको मर्जर र प्राप्तिलाई प्रोत्साहनसम्बन्धीव्यवस्था, राष्ट्रिय स्तरका विकास बैंकहरूले ऋबउष्तब िब्मभत्रगबअथ ँचबmभधयचप, द्दण्ज्ञछअनुसार पुँजीकोष कायम गर्नुपर्ने व्यवस्था, बैंक तथावित्तीय संस्थाबाट हुने लगानीसम्बन्धीव्यवस्था, तोकिएका क्षेत्रमाकर्जा लगानी गर्नुपर्ने सम्बन्धीव्यवस्था र बैंक तथावित्तीय संस्थाबाट निश्चित सीमाभन्दा बढी कर्जा÷सुविधाउपयोग गर्ने ऋणीहरूले अनिवार्य रुपमा स्थायी लेखानम्बर लिनुपर्ने व्यवस्थाकार्यान्वयनमाआएका छन् ।

१७. यस बैंक र वाणिज्य बैंक, विकास बैंक तथावित्तकम्पनीहरूको वासलातको आधारमा मौद्रिक सर्वेक्षण तयार गरी प्रकाशन गरिँदै आएकोमा आर्थिक वर्ष २०८०÷८१ बाट बीमाकम्पनीहरू, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, लघुवित्त वित्तीय संस्था, हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड र नेपालपूर्वाधार बैंकसमेतलाई समेटी “वित्तीय क्षेत्र सर्वेक्षण” प्रकाशन गर्न शुरु गरिएको छ ।

१८.आर्थिक वर्ष २०८०÷८१ मा रु.७३ अर्ब ९९ करोड ९०लाख बराबरका विभिन्न दरका ३५ करोड ३७लाख ५० हजार थाननयाँ नोटहरू चलनचल्तीको लागिनिष्काशन गरिएकाथिए ।२०८१असार मसान्तसम्ममाकुलरु.६ खर्ब ९० अर्ब १५ करोड बराबरका विभिन्न दरका नोटहरू चलनचल्तीमा रहेका छन्।

१९. २०८१असार मसान्तमा बैंकमाप्रशासनतर्फ १०७६ र प्राविधिकतर्फ ६२ गरी कुल ११३८जनाकर्मचारीहरू कार्यरत रहेका छन् । कार्यरत कुलमानव संसाधनमध्ये तहगत रुपमा हेर्दा अधिकृततर्फ ६३१, सहायकतर्फ ४३८ र श्रेणीविहीन कार्यालय सहयोगीतर्फ ६९जना रहेका छन् ।

२०.यस बैंकको भौतिकपूर्वाधार निर्माण गर्ने सन्दर्भमा निर्माण व्यवसायीऋक्ष्ऋइ(क्बmबलबलतबच व्ख् सँग भएको सम्झौताबमोजिम बालुवाटारस्थित केन्द्रीयकार्यालय भवननिर्माण भई मिति२०८१÷०३÷२८ मा हस्तान्तरण भईसकेको छ । यसैगरी,निर्माण व्यवसायीद्यक्ष्ीक्ष्ी(ऋयलतभअज व्ख् ल्बहब िप्बतजmबलमग सँग भएको सम्झौताअनुसार निर्माण भइरहेको थापाथलीस्थितभवनको समेत निर्माणकार्य सम्पन्नभई मिति२०८१ असोज ५ मा हस्तान्तरणभईसकेको छ ।

२१.आर्थिक वर्ष २०८०÷८१ मा च्त्न्क्क्थकतझबाट कुल ८,२८,९७८ कारोबारमार्फतरु.३८३खर्ब ६३ अर्ब ९५ करोड बराबरको नेपालीमुद्रा कारोबारको फछ्र्यौट तथा राफसाफभएको छ ।

२२. आर्थिक वर्ष २०८०÷८१मारु.१० अर्ब २९करोड बराबरको विदेशीलगानी र रु.५८ अर्ब ९६ करोड बराबरको विदेशी ऋणको लेखाङ्कनभएको छ ।

२३.वाणिज्य बैंकहरूबाटक्गउभचखष्कयचथ क्ष्लायचmबतष्यल क्थकतझ ९क्क्ष्क्०मार्फत प्राप्तहुने तथ्याङ्कतथाविवरणहरूको अनुगमन गर्ने गरिएको तथाक्गउभचखष्कयचथ क्ष्लायचmबतष्यल क्थकतझ ९क्क्ष्क्० को इलकष्तभ क्ष्लकउभअतष्यल ःयमगभि लागु गरी समानान्तर रुपमानिरीक्षण प्रतिवेदनक्क्ष्क् मार्फत नै गर्नुपर्ने व्यवस्था गरिएको छ ।

२४. २०८१असार मसान्तको वित्तीयअवस्थाको विवरणअनुसार यस बैंकको सम्पत्तितथादायित्व २०८० असार मसान्तको तुलनामा ३०.१५प्रतिशतले वृद्विभई रु.२० खर्ब ६७ अर्ब २ करोड ४३ लाख७८ हजार कायमभएको छ ।

२५. आर्थिक वर्ष २०८०÷८१ को विदेशीविनिमयतथाअन्य सम्पत्तिपुनर्मूल्याङ्कनलाभ÷हानि समायोजन अघिको खुदआय अघिल्लो वर्षको तुलनामा २१.९६ प्रतिशतले वृद्धि भई रु.७३ अर्ब ७६ करोड २३ लाख २१ हजार कायमभएको छ । मिति२०८१कात्तिक २९गते बैंकको सञ्चालक समितिको बैठकले बैंकको खुद मुनाफाबाट विभिन्नआवश्यक कोषहरूमा छुट्ट्याउनु पर्ने रकमविनियोजन गरी बाँकी बचत रकमरु.३७ अर्ब २२ करोड ३८ लाख २१ हजार नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछाने विरुद्ध तीन कसूरमा मुद्दा दर्ता, उनको सांसद पद के हुन्छ? एनपीएल विजेता जनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीले गरे सम्मान रवि लामिछानेलगायत विरूद्ध कास्की अदालतमा मुद्दा दर्ता काठमाडौंको बाइपासमा २० वर्षीय युवक मृत फेला आफ्नो चरित्रहत्या गरेको भन्दै गायिका समीक्षा अधिकारीले दिइन् साइबर ब्युरोमा उजुरी आज प्रतितोला एक हजार एक सय बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? रबि लामिछाने बिरुद्ध आज मुद्धा दर्ता गरिदैँ, रबिलाई जिल्ला अदालत लगियो यू-१९ एसिया कप : बंगलादेशलाई ४१ रनले हराउँदै भारतले जित्यो उपाधि एनपीएलमा सबैभन्दा बढी रनको बनाउने ब्याटर बने जनकपुरका मिलन्था ! सुदूरपश्चिमलाई ५ विकेटले हराउदै जनकपुरले जित्यो एनपीएलको उपाधि जनकपुरलाई चौथो झट्का, निसम आउट सुदूरपश्चिमविरुद्ध जनकपुरले तेस्रो विकेट गुमायो, मिलन्था ८७ रन बनाएर आउट चालु आर्थिक वर्षको ५ महिनामा नेपालबाट भारततर्फ १३ अर्बको विद्युत् निर्यात जनकपुरका लागि मिलन्थाले खेले अर्धशतक पारी सुदूरपश्चिमविरुद्ध जनकपुरले पहिलो विकेट गुमायो बारामा कारभित्र एक जना पुरुष मृत अवस्थामा फेला एनपीएलको फाइनल हेर्न माओवादी अध्यक्ष प्रचण्ड कीर्तिपुरमा एनपीएलको फाइनलमा सुदूरपश्चिमले जनकपुरलाई दियो १८५ रनको लक्ष्य निरोगी नेपाल बनाउन ध्यान र योग नियमित गर्नुपर्छ : प्रधानमन्त्री ओली जनकपुरका निशमले लिए सुदूरपश्चिमको चौथो विकेट