९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दु्र्गा प्रसाईँमाथि ७ वर्षसम्म हुनसक्छ कैद : अभिवक्ता विनिता तामाङ

४ मंसिर २०८१, मंगलवार १३:५२

काठमाडौँ | व्यवसायी दुर्गा प्रसाईँलाई प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध ‘फेक डकुमेन्ट’ बनाएर दुष्प्रचार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

प्रसाईँले हालै सामाजिक सञ्जालमा अपलोड गरेको एक भिडिओलाई ओलीका विरोधीहरूले भाइरल बनाएको छन्। उक्त भिडिओमा गलत सूचना र कीर्ते सरकारी दस्तावेज प्रयोग भएको दाबी प्रहरी र विज्ञहरूले गरेका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार, साइबर क्राइम ब्युरोले दुर्गा प्रसाईँविरुद्ध मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाएको छ। कानूनी प्रावधान अनुसार, उनलाई विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ र मुलुकी अपराध संहिता २०७४ को विभिन्न दफाहरु अन्तर्गत कारबाही हुनसक्ने बताइएको छ।

अभिवक्ता विनिता तामाङका अनुसार, सरकारी वा सार्वजनिक दस्तावेज कीर्ते गर्नेलाई मुलुकी अपराध संहिताको दफा २७६ को उपदफा ३ अनुसार ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुनसक्छ।

त्यसैगरी, हस्ताक्षर कीर्ते गर्ने दोषीलाई ५ वर्षसम्म कैद र ५ हजार रुपैयाँसम्म जरिवाना तोकिने कानूनी प्रावधान छ।

यदि प्रसाईँले व्यक्त गरेका अभिव्यक्ति झुटो ठहरिएमा, विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसार, उनलाई १ लाख रुपैयाँसम्म जरिवाना, ५ वर्षसम्म कैद वा दुवै सजाय हुनसक्नेछ।

दुर्गा प्रसाईँले सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीमाथि गम्भीर आरोप लगाउँदै ‘फेक डकुमेन्ट’ प्रस्तुत गरेको भनाइ बाहिरिएको छ। प्रहरीले थप अनुसन्धान अघि बढाइरहेको छ भने कानूनी प्रक्रिया अनुसार दोषी प्रमाणित भए कानूनी सजाय गरिने स्पष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता