९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुर्गा प्रसाईँविरुद्ध लाग्न सक्छ यी अभियोग

४ मंसिर २०८१, मंगलवार १४:४५

काठमाडौं | प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भिडियो सन्देशमार्फत विवादास्पद अभिव्यक्ति दिएको आरोपमा डिकल व्यवसायी दुर्गा प्रसाईँलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको छ।

सीआईबीका एसपी होबिन्द्र बोगटीका अनुसार, जिल्ला अदालतबाट साइबर अपराधसम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी भएपछि प्रसाईँलाई नियन्त्रणमा लिइएको हो।
प्रसाईँले हालै सामाजिक सञ्जालमा एक भिडियो मार्फत प्रधानमन्त्री ओलीले कम्बोडियामा २० करोड डलर लगानी गरेको आरोप लगाउँदै केही कागजात देखाएका थिए। प्रहरीले ती कागजातलाई फर्जी ठहर गर्दै ‘किर्ते गर्न नहुने’ अभियोगमा अनुसन्धान थालेको छ।

कानूनी प्रावधान र सम्भावित सजाय

किर्ते अभियोग: मुलुकी फौजदारी संहिता–२०७४ को दफा २७६ अनुसार किर्ते गर्न हुँदैन । किर्ते अपराधमा दोषी ठहर भए ७ वर्षसम्म कैद र जरिवाना हुनसक्छ।

बेइज्जतीसम्बन्धी कसुर: सो ऐनको दफा ३०६ अनुसार बेइज्जती पनि गर्न पाइँदैन । सो कसुरमा पुष्टि भएमा २ वर्ष कैद र विद्युतीय माध्यमबाट त्यस्तो कसुर गरेमा थप १ वर्ष कैद सजाय हुने व्यवस्था छ ।

आपराधिक उपद्रव: मुलुकी फौजदारी संहिता–२०७४ को दफा २८५ अनुसार आपराधिक उपद्रव गर्न पाइँदैन । प्रहरीले उनलाई आपराधिक उपद्रव विरुद्धको अभियोग पनि लगाउन सक्छ । आपराधिक उपद्रव पुष्टि भएमा ३ वर्षसम्म कैद हुन्छ ।

झुटा प्रमाण निर्माण: दफा ८९ अनुसार झुटा प्रमाण तयार पार्ने कसुरमा ५ वर्षसम्म कैद हुनसक्छ।

राष्ट्रपतिको धम्की: मुलुकी फौजदारी संहिता–२०७४ को दफा ५८ अनुसार राष्ट्रपति वा संसद्लाई धम्की दिन पाइँदैन । त्यसरी धम्क्याएको पुष्टि भएमा ७ वर्षसम्म कैद हुने व्यवस्था छ ।

प्रहरीले प्रसाईँविरुद्ध अन्य अभियोगहरू पनि लगाउने तयारी गरेको छ। उनको अभिव्यक्ति, कागजात, र साइबर गतिविधिलाई आधार मानेर थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता