९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मीनबहादुरले एमालेलाई दान दिएको जग्गा प्रकरणको पेसी आज पनि हेर्न नभ्याइनेमा

४ मंसिर २०८१, मंगलवार १५:३३

काठमाडौँ | भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले सत्तारुढ दल नेकपा एमालेलाई दान दिएको जग्गा प्रकरणमा सर्वोच्च अदालतमा परेको रिटको पेसी आज पनि हेर्न नभ्याइनेमा परेको छ ।

उक्त रिटको पेसी आज न्यायाधीशद्वय सपना प्रधान मल्ल र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासमा परेको थियो, तर पछि हेर्न नभ्याइनेमा राखिएको हो । यसअघि आइतबार पनि हेर्न नभ्याइनेमा परेर स्थगित भएको थियो ।

मीनबहादुरले एमालेलाई कीर्तिपुर नगरपालिका– २, मित्रनगरस्थित १० रोपनी १४ आना जग्गा दानमा दिएका थिए, जसमा गत २५ असोजमा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र मीनबहादुर दम्पतीले भव्य कार्यक्रमबीच केन्द्रीय कार्यालय भवनको शिलान्यास गरिसकेका छन् । त्यसपछि सत्तारुढ दलले नै यसरी व्यापारीको अर्बौको जग्गा लिएको भन्दै चौतर्फी विरोध भएपछि यो प्रकरण सर्वोच्चसम्म पुगेको हो । तर, यो मुद्दा सर्वोच्चमा अहिलेसम्म ४ पटक पेशी तोकि सकिएको छ । एक जग्गा हस्तान्तरण प्रक्रिया तत्काल अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश गरेपछि अर्कोपटक सुनुवाई हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता