२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमाले नेता बस्नेतले भने: पपुलरिटीको आवरणमा पपुलिस्टहरुले भ्रष्टाचार गरिरहेका छन्, बालेनदेखि कुलमानसम्म कसलाई के आरोप?

२०८१, ४ मंसिर मंगलवार १७:१०

काठमाडौँ | नेकपा (एमाले)का नेता एवं पूर्वमन्त्री महेश बस्नेतले रवि लामिछाने, कुलमान घिसिङ, दुर्गा प्रसाईँ, र बालेन शाहलाई ‘पपुलिस्ट’ भन्दै तीव्र आलोचना गरेका छन्। रिपोर्टर्स क्लब नेपालमा मंगलबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले यी नेताहरूले सामाजिक सञ्जालको माध्यमबाट अराजकता फैलाएको आरोप लगाए।

महेश बस्नेतका अनुसार, पपुलिस्ट नेताहरूको उदयले २०७९ को प्रतिनिधि सभा चुनावमा एमालेका वरिष्ठ नेताहरू शंकर पोखरेल, प्रदीप ज्ञवालीलगायतलाई पराजित गराएको थियो। अहिले यी शक्तिहरूले कांग्रेसका नेताहरू गगन थापा र विश्वप्रकाश शर्मामाथि आक्रमण गर्न थालेको उनले दाबी गरे।

रवि लामिछानेलाई ‘सहकारी ठग’ को संज्ञा
बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ‘सहकारी पर्यटक ठग’ भन्दै ६७ करोड मात्र नभई डेढ अर्बभन्दा बढी रकम हिनामिना गरेको आरोप लगाए। उनले लामिछानेविरुद्ध सात जिल्लामा मुद्दा दर्ता रहेको र हुण्डी मार्फत अमेरिका पैसा पठाएको विषयमा अनुसन्धान भइरहेको जानकारी दिए।

कुलमान घिसिङ: “लोकप्रियताको आवरणमा भ्रष्टाचार”
बस्नेतले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ‘भ्रष्ट छवि बनाएका व्यक्ति’ भन्दै २ अर्ब १५ करोडको ठेक्का प्रक्रियामा अनियमितता भएको आरोप लगाए। उनले कुलमानले आफ्नो परिवारसँग सम्बन्धित कम्पनीहरूलाई मात्र ठेक्का दिने गरेको र अकुत सम्पत्ति आर्जन गरेको दाबी गरे।

दुर्गा प्रसाईँ र बालेन शाहमाथि आरोप
दुर्गा प्रसाईँलाई ‘अपराधिक पृष्ठभूमि भएको अराजकतावादी’ भन्दै बस्नेतले उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीलाई बदनाम गर्न फेक दस्तावेज प्रयोग गरेको र पुण्य गौतमकोहत्या गर्न  हिंसात्मक योजना बनाएको आरोप लगाए।
काठमाडौं महानगर प्रमुख बालेन्द्र शाह (बालेन)लाई ‘तोडफोडका नेता’ को संज्ञा दिँदै बस्नेतले बालेन भ्रष्टाचारमा लिप्त भएको र निर्माणका काममा भन्दा विनाशमा बढी लागिपरेको आरोप लगाए।
भ्रष्टाचारविरुद्ध सरकारको प्रतिबद्धता
नेता बस्नेतले भ्रष्टाचार र अराजकताविरुद्ध सरकारले कडा कदम उठाउने दाबी गर्दै, सहकारी ठगी, अनियमितता, र फेक दस्तावेज प्रयोग गर्नेहरूमाथि अनुसन्धानलाई तीव्र पार्नुपर्नेमा जोड दिए।

नेता महेश बस्नेतले पपुलिस्ट नेताहरूले देशको राजनीतिक र आर्थिक संरचनामा अराजकता मच्चाएको भन्दै तीव्र आलोचना गरेका छन्। उनले भ्रष्टाचार र अनियमिततामाथि अनुसन्धानलाई निष्कर्षमा पुर्‍याउन आग्रह गर्दै, पुराना पार्टीहरूको भूमिकालाई मजबुत बनाउनुको विकल्प नभएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह