८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमाले नेता बस्नेतले भने: पपुलरिटीको आवरणमा पपुलिस्टहरुले भ्रष्टाचार गरिरहेका छन्, बालेनदेखि कुलमानसम्म कसलाई के आरोप?

४ मंसिर २०८१, मंगलवार १७:१०

काठमाडौँ | नेकपा (एमाले)का नेता एवं पूर्वमन्त्री महेश बस्नेतले रवि लामिछाने, कुलमान घिसिङ, दुर्गा प्रसाईँ, र बालेन शाहलाई ‘पपुलिस्ट’ भन्दै तीव्र आलोचना गरेका छन्। रिपोर्टर्स क्लब नेपालमा मंगलबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले यी नेताहरूले सामाजिक सञ्जालको माध्यमबाट अराजकता फैलाएको आरोप लगाए।

महेश बस्नेतका अनुसार, पपुलिस्ट नेताहरूको उदयले २०७९ को प्रतिनिधि सभा चुनावमा एमालेका वरिष्ठ नेताहरू शंकर पोखरेल, प्रदीप ज्ञवालीलगायतलाई पराजित गराएको थियो। अहिले यी शक्तिहरूले कांग्रेसका नेताहरू गगन थापा र विश्वप्रकाश शर्मामाथि आक्रमण गर्न थालेको उनले दाबी गरे।

रवि लामिछानेलाई ‘सहकारी ठग’ को संज्ञा
बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ‘सहकारी पर्यटक ठग’ भन्दै ६७ करोड मात्र नभई डेढ अर्बभन्दा बढी रकम हिनामिना गरेको आरोप लगाए। उनले लामिछानेविरुद्ध सात जिल्लामा मुद्दा दर्ता रहेको र हुण्डी मार्फत अमेरिका पैसा पठाएको विषयमा अनुसन्धान भइरहेको जानकारी दिए।

कुलमान घिसिङ: “लोकप्रियताको आवरणमा भ्रष्टाचार”
बस्नेतले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ‘भ्रष्ट छवि बनाएका व्यक्ति’ भन्दै २ अर्ब १५ करोडको ठेक्का प्रक्रियामा अनियमितता भएको आरोप लगाए। उनले कुलमानले आफ्नो परिवारसँग सम्बन्धित कम्पनीहरूलाई मात्र ठेक्का दिने गरेको र अकुत सम्पत्ति आर्जन गरेको दाबी गरे।

दुर्गा प्रसाईँ र बालेन शाहमाथि आरोप
दुर्गा प्रसाईँलाई ‘अपराधिक पृष्ठभूमि भएको अराजकतावादी’ भन्दै बस्नेतले उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीलाई बदनाम गर्न फेक दस्तावेज प्रयोग गरेको र पुण्य गौतमकोहत्या गर्न  हिंसात्मक योजना बनाएको आरोप लगाए।
काठमाडौं महानगर प्रमुख बालेन्द्र शाह (बालेन)लाई ‘तोडफोडका नेता’ को संज्ञा दिँदै बस्नेतले बालेन भ्रष्टाचारमा लिप्त भएको र निर्माणका काममा भन्दा विनाशमा बढी लागिपरेको आरोप लगाए।
भ्रष्टाचारविरुद्ध सरकारको प्रतिबद्धता
नेता बस्नेतले भ्रष्टाचार र अराजकताविरुद्ध सरकारले कडा कदम उठाउने दाबी गर्दै, सहकारी ठगी, अनियमितता, र फेक दस्तावेज प्रयोग गर्नेहरूमाथि अनुसन्धानलाई तीव्र पार्नुपर्नेमा जोड दिए।

नेता महेश बस्नेतले पपुलिस्ट नेताहरूले देशको राजनीतिक र आर्थिक संरचनामा अराजकता मच्चाएको भन्दै तीव्र आलोचना गरेका छन्। उनले भ्रष्टाचार र अनियमिततामाथि अनुसन्धानलाई निष्कर्षमा पुर्‍याउन आग्रह गर्दै, पुराना पार्टीहरूको भूमिकालाई मजबुत बनाउनुको विकल्प नभएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता