८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रवि लामिछानेले हुण्डीबाट अमेरिकामा पैसा पठाएको पनि खुल्न आएको छः एमाले नेता बस्नेत

४ मंसिर २०८१, मंगलवार १७:२९

काठमाडौँ | नेकपा (एमाले)का नेता एवं पूर्वमन्त्री महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ‘पर्यटक सहकारी ठग’ को संज्ञा दिएका छन्। मंगलबार रिपोर्टर्स क्लब नेपालमा आयोजित कार्यक्रममा उनले लामिछानेले ६७ करोड मात्र नभई डेढ अर्बभन्दा बढी हिनामिना गरेको दाबी गरेका छन्।

‘उहाँ अहिले सहकारी पर्यटक ठगजस्तो हुनुभएको छ । सात वटा जिल्लामा उहाँको मुद्दा चलेको छ । ६७ करोडमात्रै होईन डेढ अर्ब हिनामिना भएको भन्ने कुरा आएको छ । हुण्डीबाट अमेरिकामा पैसा पठाएको भन्ने कुरा आएको छ । प्रहरीले अनुसन्धान गर्ने क्रममा धेरै कुरा खुल्नमा आएको छ,’– उनले भने ।

साथै, उनले कांग्रेस उपसभापति धनराज गुरुङको सम्बन्धविच्छेद प्रकरणबारे पनि छानविन भइरहेको बताए । उनले वर्तमान सरकारले धनराजलाई पनि अनुसन्धानको दायरामा ल्याइसकेको बताउँदै भ्रष्टाचारीहरु कसैले पनि उन्मुक्ति नपाउने बताए । ‘कतिपय सन्दर्भमा धनराजजीको कुरा आएको छ । उहाँको श्रीमतीसँगको डिभोर्स फेक हो कि के हो भन्ने कुरा अनुसन्धान भइरहेको छ । उहाँलाई पनि अनुसन्धानको दायरामा ल्याएको छ । बयान लिइसकेको छ,’– उनले भने ।

नेता बस्नेतले सबै सहकारी ठगलाई अनुसन्धानको दायरामा ल्याउने र संसदीय विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा सरकार दृढ रहेको बताए। उनले भ्रष्टाचारी कसैलाई पनि उन्मुक्ति नदिइनेमा जोड दिए।

“सहकारी ठगहरूलाई कारबाही गरी भ्रष्टाचारलाई निर्मूल गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध छ,” बस्नेतले भने।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता