८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अनुमति

५ मंसिर २०८१, बुधबार १४:०९

काठमाडौँ | मंगलबार बिहान पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले पाँच दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। भक्तपुरस्थित आफ्नै घरबाट पक्राउ परेका प्रसाईंलाई विद्युतीय अपराध नियन्त्रण ऐन, २०६३ अन्तर्गत कसुर गरेको आरोपमा हिरासतमा लिइएको हो।

प्रहरीले आज बिहान प्रसाईंलाई जिल्ला अदालतमा उपस्थित गराएर पाँच दिनको म्याद थप गरेको हो। न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले उनलाई थप अनुसन्धानका लागि हिरासतमा राख्ने आदेश दिएको छ।

प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीको नाम जोडेर कम्बोडियाको एक्जिएटा कम्पनीमा २१ करोड अमेरिकी डलर बराबरको लगानी रहेको दाबी गरेका थिए। उनले केही कागजातहरू प्रस्तुत गर्दै यो आरोप लगाएका थिए। सामाजिक सञ्जालमा यो दाबी भाइरल भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

अनुसन्धानका क्रममा प्रसाईंले देखाएका कागजात फर्जी भएको प्रारम्भिक प्रमाण भेटिएको सीआईबीका प्रमुख एआईजी दीपक थापाले जानकारी दिए।

प्रहरीले विद्युतीय अपराध नियन्त्रण ऐनसँगै मुलुकी फौजदारी संहितामा उल्लेखित बेइज्जती गर्न नहुने, झुठा प्रमाण बनाउने, र राष्ट्रपतिको गरिमा हनन गर्नेजस्ता आरोपमा समेत अनुसन्धान गर्न सकिने राय दिएको छ। प्रसाईंलाई थप अनुसन्धानका लागि प्रहरीको साइबर ब्युरोमा पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता