२०८२, ९ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अनुमति

२०८१, ५ मंसिर बुधबार १४:०९

काठमाडौँ | मंगलबार बिहान पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले पाँच दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। भक्तपुरस्थित आफ्नै घरबाट पक्राउ परेका प्रसाईंलाई विद्युतीय अपराध नियन्त्रण ऐन, २०६३ अन्तर्गत कसुर गरेको आरोपमा हिरासतमा लिइएको हो।

प्रहरीले आज बिहान प्रसाईंलाई जिल्ला अदालतमा उपस्थित गराएर पाँच दिनको म्याद थप गरेको हो। न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले उनलाई थप अनुसन्धानका लागि हिरासतमा राख्ने आदेश दिएको छ।

प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीको नाम जोडेर कम्बोडियाको एक्जिएटा कम्पनीमा २१ करोड अमेरिकी डलर बराबरको लगानी रहेको दाबी गरेका थिए। उनले केही कागजातहरू प्रस्तुत गर्दै यो आरोप लगाएका थिए। सामाजिक सञ्जालमा यो दाबी भाइरल भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

अनुसन्धानका क्रममा प्रसाईंले देखाएका कागजात फर्जी भएको प्रारम्भिक प्रमाण भेटिएको सीआईबीका प्रमुख एआईजी दीपक थापाले जानकारी दिए।

प्रहरीले विद्युतीय अपराध नियन्त्रण ऐनसँगै मुलुकी फौजदारी संहितामा उल्लेखित बेइज्जती गर्न नहुने, झुठा प्रमाण बनाउने, र राष्ट्रपतिको गरिमा हनन गर्नेजस्ता आरोपमा समेत अनुसन्धान गर्न सकिने राय दिएको छ। प्रसाईंलाई थप अनुसन्धानका लागि प्रहरीको साइबर ब्युरोमा पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा