८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश

६ मंसिर २०८१, बिहीबार १७:५१

काठमाडौं । सर्वोच्च अदालतले खोला किनारको थप २० मिटर खुला क्षेत्र बनाउने विवादास्पद फैसला तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको छ। बिहीबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र न्यायाधीशद्धय कुमार चुडाल तथा नित्यानान्द पाण्डेयको संयुक्त इजलासले पुनरावलोकनको निवेदनमाथि निस्सा दिने फैसला सुनाएको हो।

बाग्मती संरक्षणसँग सम्बन्धित यस प्रकरणमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को तर्फबाट सचिव फणीन्द्र गौतमले सोमबार सर्वोच्चमा पुनरावलोकन निवेदन दर्ता गराएका थिए। सरकारको तर्फबाट उक्त फैसला त्रुटिपूर्ण रहेको र कानूनी नजीरको प्रतिकूल भएको तर्क गरिएको छ।

विवादको पृष्ठभूमि
गत पुस ३ गते सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराई र विनोद शर्माको संयुक्त इजलासले अधिवक्ता प्रकाशमणि शर्माको रिट निवेदनमा खोला किनारका क्षेत्रमा २० मिटर थप खुला क्षेत्र छोड्नुपर्ने आदेश दिएको थियो।

सरकारले भने रिट निवेदकले जिकिर नै नगरेको विषयमा फैसला भएको र कानूनी प्रावधानको प्रतिकूल हुने तर्क गर्दै पुनरावलोकनका लागि निवेदन दिएको हो। सरकारको भनाइमा उक्त आदेश कार्यान्वयन गर्दा ठूलो असर पर्ने देखिएको छ।

सरकारले दिएको निवेदनमा खोला किनारमा खुला क्षेत्र छोड्ने आदेश कानूनी व्यवस्थाको प्रतिकूल रहेको र यसले विकासका पूर्वनिर्धारित योजना प्रभावित पार्न सक्ने तर्क गरिएको छ।

सर्वोच्च अदालतको पछिल्लो निर्णयले उक्त फैसला तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ। अब पुनरावलोकन प्रक्रियाको अन्तिम टुंगो लागेपछि मात्र यो विषयमा थप निर्णय हुनेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता