२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमालेमा जग्गा दान विवाद : न्यायाधीश चुँडाल र सुवेदीको इजलासमा रिटमाथि सुनुवाइ हुँदै

२०८१, ७ मंसिर शुक्रबार १२:१७

काठमाडौँ | नेकपा एमालेले व्यवसायी मीनबहादुर गुरूङबाट जग्गा लिएको विषयमा परेको रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ। यो मुद्दाको सुनुवाइ न्यायाधीश कुमार चुँडाल र शारङ्गा सुवेदीको इजलासमा तोकिएको छ।

यसअघि, मंसिर ४ गतेका लागि तोकिएको पेशी हेर्न नभ्याइने सूचीमा परेको थियो। सो दिन न्यायाधीश सपना मल्ल प्रधान र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासमा सुनुवाइ हुने भनिएको थियो।

यसअघि, कार्तिक २६ गते, न्यायाधीश सुनिल कुमार पोखरेलको इजलासले रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो। आदेशमा दुवै पक्षलाई छलफलका लागि उपस्थित हुन भनिएको थियो। तर, सो दिन र त्यसपछि मंसिर २ गते पनि रिटमाथि सुनुवाइ हुन सकेन।

व्यवसायी गुरूङ दम्पतीले नेकपा एमालेको केन्द्रीय कार्यालय निर्माणका लागि काठमाडौंको कीर्तिपुर-२ मैत्रीनगरस्थित १० रोपनी १४ आना जग्गा दान गरेका थिए। असोज २५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले सो जग्गामा पार्टी कार्यालय भवनको शिलान्याससमेत गरेका थिए।

तर, अधिवक्ता ज्ञानबहादुर बस्नेतले व्यवसायी गुरूङ दम्पतीले दान दिएको जग्गा गैरकानूनी भएको भन्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका हुन्। उनले जग्गा दान र भवन निर्माण रोक्न माग गरेका छन्।

व्यवसायी गुरूङमाथि भ्रष्टाचार र सरकारी जग्गा व्यक्तिगत बनाएको आरोप लागिरहेका बेला एमालेले उनीहरूबाट जग्गा लिएको विषयमा चौतर्फी आलोचना भइरहेको छ। पार्टीका भित्रबाट समेत यस्तो कदमप्रति असन्तुष्टि व्यक्त गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै