८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमालेमा जग्गा दान विवाद : न्यायाधीश चुँडाल र सुवेदीको इजलासमा रिटमाथि सुनुवाइ हुँदै

७ मंसिर २०८१, शुक्रबार १२:१७

काठमाडौँ | नेकपा एमालेले व्यवसायी मीनबहादुर गुरूङबाट जग्गा लिएको विषयमा परेको रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ। यो मुद्दाको सुनुवाइ न्यायाधीश कुमार चुँडाल र शारङ्गा सुवेदीको इजलासमा तोकिएको छ।

यसअघि, मंसिर ४ गतेका लागि तोकिएको पेशी हेर्न नभ्याइने सूचीमा परेको थियो। सो दिन न्यायाधीश सपना मल्ल प्रधान र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासमा सुनुवाइ हुने भनिएको थियो।

यसअघि, कार्तिक २६ गते, न्यायाधीश सुनिल कुमार पोखरेलको इजलासले रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो। आदेशमा दुवै पक्षलाई छलफलका लागि उपस्थित हुन भनिएको थियो। तर, सो दिन र त्यसपछि मंसिर २ गते पनि रिटमाथि सुनुवाइ हुन सकेन।

व्यवसायी गुरूङ दम्पतीले नेकपा एमालेको केन्द्रीय कार्यालय निर्माणका लागि काठमाडौंको कीर्तिपुर-२ मैत्रीनगरस्थित १० रोपनी १४ आना जग्गा दान गरेका थिए। असोज २५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले सो जग्गामा पार्टी कार्यालय भवनको शिलान्याससमेत गरेका थिए।

तर, अधिवक्ता ज्ञानबहादुर बस्नेतले व्यवसायी गुरूङ दम्पतीले दान दिएको जग्गा गैरकानूनी भएको भन्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका हुन्। उनले जग्गा दान र भवन निर्माण रोक्न माग गरेका छन्।

व्यवसायी गुरूङमाथि भ्रष्टाचार र सरकारी जग्गा व्यक्तिगत बनाएको आरोप लागिरहेका बेला एमालेले उनीहरूबाट जग्गा लिएको विषयमा चौतर्फी आलोचना भइरहेको छ। पार्टीका भित्रबाट समेत यस्तो कदमप्रति असन्तुष्टि व्यक्त गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता