१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

माओवादीका दुई नेताले कम्बोडिया भ्रमण रद्द

७ मंसिर २०८१, शुक्रबार १३:१५

काठमाडौं । एशियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन (आईक्याप)मा सहभागी हुन कम्बोडिया जानुपर्ने कार्यक्रम माओवादी केन्द्रका दुई नेताले रद्द गरेका छन्।

सम्मेलनमा जाने तय भएका माओवादी केन्द्रका नेता तथा पूर्व सभामुख अग्निप्रसाद सापकोटा र नेता गोकर्ण प्रकाश भट्टले स्थानीय तहको उपनिर्वाचनका कारण भ्रमण रद्द गरेको बताएका छन्।

नेता भट्टले उपनिर्वाचनको तयारीमा व्यस्त हुनुपर्ने भएकाले भ्रमण नगरेको जानकारी दिए। पार्टीको बागमती प्रदेश इन्चार्ज समेत रहेका सापकोटा पनि यही कारण कम्बोडिया नगएको बताइएको छ।

भट्टका अनुसार सम्मेलनमा “शान्ति र निरुपणसँग जोडिएको विषय” र “डिजिटल युगमा भ्रमक समाचारलाई राजनीतिक दलले कसरी सम्बोधन गर्ने” भन्ने विषयमा प्रत्येक नेताले तीन-तीन मिनेटका लागि बोल्ने अवसर पाउने कार्यक्रम तय थियो। तर, “केवल तीन मिनेटको लागि लामो समय दिनुपर्ने भएकाले जाने कार्यक्रम रद्द गरिएको” उनले बताए।

उक्त सम्मेलनमा सहभागी हुने अन्य नेपाली प्रतिनिधिमा एमालेका रघुवीर महासेठ, राजन भट्टराई, कांग्रेसका सुजाता कोइराला, र दिव्यमणि राजभण्डारीलगायतका नेताहरू भने कम्बोडिया पुगिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार