२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पत्र नबुझेपछि महानगरले हुलाक र इमेलमार्फत एमालेलाई पठायो १ लाख जरिवानाको चिट्ठी

२०८१, १० मंसिर सोमबार १२:३०

काठमाडौं । नेकपा एमाले र काठमाडौं महानगरपालिकाबीच पछिल्लो समय विवाद चर्किएको छ। दरबारमार्गमा शुक्रबार नेकपा एमालेले आयोजना गरेको सभापछि महानगरले कार्यक्रमले सडक र पेटीमा फोहोर गरेको भन्दै कारबाहीस्वरूप जरिवाना पत्र काटेको थियो।

आइतबार, काठमाडौं महानगरको टोली १ लाख जरिवाना गरिएको पत्र लिएर च्यासलस्थित एमाले केन्द्रीय कार्यालय पुगेको थियो। तर, एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले उक्त पत्र लिन अस्वीकार गर्दै आयोजकले लिनुपर्ने पत्र गलत ठाउँमा आएको बताउदै उक्त पत्र अस्वीकार गरेका थिए ।

एमालेले उक्त कार्यक्रमको आयोजक आफू नभएको र महानगरले यथार्थ बुझेर मात्र पत्र पठाउनुपर्ने बताएको छ। सचिव अधिकारीले महानगरको टोलीलाई पत्र वास्तविक आयोजकलाई बुझाउन आग्रह गरे।

यस घटनामा महानगर प्रमुख बालेन्द्र शाह (बालेन) को भूमिकालाई एमालेले स्टन्टबाजी भन्दै टिप्पणी गरेको छ। एमालेले कार्यक्रमपछिको फोहोर आफूले सफा गरेको दाबी गर्दै सामान्य प्रशासनिक विषयलाई राजनीतिकरण नगर्न आग्रह गरेको छ।

पत्र अस्वीकार भएपछि काठमाडौँ महानगरपालिकाले जरिवानासम्बन्धी पत्र सोमबार बिहान हुलाक र इमेलमार्फत एमालेलाई पत्र पठाएको काठमाडौँ महानगर प्रहरी बलका प्रमुख एसएसपी राजुनाथ पाण्डेले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह