८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पत्र नबुझेपछि महानगरले हुलाक र इमेलमार्फत एमालेलाई पठायो १ लाख जरिवानाको चिट्ठी

१० मंसिर २०८१, सोमबार १२:३०

काठमाडौं । नेकपा एमाले र काठमाडौं महानगरपालिकाबीच पछिल्लो समय विवाद चर्किएको छ। दरबारमार्गमा शुक्रबार नेकपा एमालेले आयोजना गरेको सभापछि महानगरले कार्यक्रमले सडक र पेटीमा फोहोर गरेको भन्दै कारबाहीस्वरूप जरिवाना पत्र काटेको थियो।

आइतबार, काठमाडौं महानगरको टोली १ लाख जरिवाना गरिएको पत्र लिएर च्यासलस्थित एमाले केन्द्रीय कार्यालय पुगेको थियो। तर, एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले उक्त पत्र लिन अस्वीकार गर्दै आयोजकले लिनुपर्ने पत्र गलत ठाउँमा आएको बताउदै उक्त पत्र अस्वीकार गरेका थिए ।

एमालेले उक्त कार्यक्रमको आयोजक आफू नभएको र महानगरले यथार्थ बुझेर मात्र पत्र पठाउनुपर्ने बताएको छ। सचिव अधिकारीले महानगरको टोलीलाई पत्र वास्तविक आयोजकलाई बुझाउन आग्रह गरे।

यस घटनामा महानगर प्रमुख बालेन्द्र शाह (बालेन) को भूमिकालाई एमालेले स्टन्टबाजी भन्दै टिप्पणी गरेको छ। एमालेले कार्यक्रमपछिको फोहोर आफूले सफा गरेको दाबी गर्दै सामान्य प्रशासनिक विषयलाई राजनीतिकरण नगर्न आग्रह गरेको छ।

पत्र अस्वीकार भएपछि काठमाडौँ महानगरपालिकाले जरिवानासम्बन्धी पत्र सोमबार बिहान हुलाक र इमेलमार्फत एमालेलाई पत्र पठाएको काठमाडौँ महानगर प्रहरी बलका प्रमुख एसएसपी राजुनाथ पाण्डेले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता