९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

अवैध मानव ओसारपसारमा एमाले प्रदेश सांसद अधिकारीलाई मुद्दाबाट उन्मुक्ति, ११ जना प्रतिवादी

१० मंसिर २०८१, सोमबार १६:५५

काठमाडौँ | अवैध मानव ओसारपसारको आरोपमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका कोशी प्रदेशका पूर्व मन्त्री एवं एमालेका सांसद लिलाबल्लभ अधिकारीले मुद्दाबाट उन्मुक्ति पाएका छन्। प्रहरीले पक्राउ गरेर उनको संलग्नताबारे अनुसन्धान गरे पनि जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा मुद्दा लैजाँदा उनलाई प्रतिवादी बनाएन।

सोमबार जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर हुँदा अभियोग पत्रमा उनको नाम छैन। जिल्ला सरकारी वकिलको कार्यालयले उनी अवैध रूपमा मानव ‌ओसारपसारमा संलग्न समूहले अवैध रूपमा जापान लैजान सक्रिय समूहको प्रभावमा परेर जापानसम्म पुगे पनि अवैध ‌ओसारपसारमा भने संलग्न नदेखिएको निष्कर्ष निकाल्दै उनलाई प्रतिवादी नबनाएको हो।

सोमबार दर्ता भएको अभियोग पत्रमा अवैध रूपमा जान राजी भएका तीन जनासहित ११ जनालाई भने प्रतिवादी बनाइएको छ। सो घटनामा संलग्न तीन जना भने अझै फरार छन्।

कोशीको कानुनमन्त्री रहेको बेलामा अधिकारी प्रदेश सरकारको मन्त्रीपरिषद्बाट भ्रमण स्वीकृति नै नगराई काठमाडौँ जान्छु भनेर जापान हिँडेका थिए। तर जापानको अध्यागमनले शङ्का लागेर उनीसहित चार जनालाई नेपाल डिपोर्ट गरेको थियो।

उनीसँगै डिपोर्ट भएका तीन जना प्रहरी हिरासतमा पुगेपछि अधिकारी विवादमा तानिए। उनले मन्त्री पदबाट राजीनामा दिएपछि प्रहरीले अदालतको अनुमति लिएर अनुसन्धानका लागि विराटनगरबाट पक्राउ गरेर काठमाडौँ ल्याएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली