२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

अवैध मानव ओसारपसारमा एमाले प्रदेश सांसद अधिकारीलाई मुद्दाबाट उन्मुक्ति, ११ जना प्रतिवादी

२०८१, १० मंसिर सोमबार १६:५५

काठमाडौँ | अवैध मानव ओसारपसारको आरोपमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका कोशी प्रदेशका पूर्व मन्त्री एवं एमालेका सांसद लिलाबल्लभ अधिकारीले मुद्दाबाट उन्मुक्ति पाएका छन्। प्रहरीले पक्राउ गरेर उनको संलग्नताबारे अनुसन्धान गरे पनि जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा मुद्दा लैजाँदा उनलाई प्रतिवादी बनाएन।

सोमबार जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर हुँदा अभियोग पत्रमा उनको नाम छैन। जिल्ला सरकारी वकिलको कार्यालयले उनी अवैध रूपमा मानव ‌ओसारपसारमा संलग्न समूहले अवैध रूपमा जापान लैजान सक्रिय समूहको प्रभावमा परेर जापानसम्म पुगे पनि अवैध ‌ओसारपसारमा भने संलग्न नदेखिएको निष्कर्ष निकाल्दै उनलाई प्रतिवादी नबनाएको हो।

सोमबार दर्ता भएको अभियोग पत्रमा अवैध रूपमा जान राजी भएका तीन जनासहित ११ जनालाई भने प्रतिवादी बनाइएको छ। सो घटनामा संलग्न तीन जना भने अझै फरार छन्।

कोशीको कानुनमन्त्री रहेको बेलामा अधिकारी प्रदेश सरकारको मन्त्रीपरिषद्बाट भ्रमण स्वीकृति नै नगराई काठमाडौँ जान्छु भनेर जापान हिँडेका थिए। तर जापानको अध्यागमनले शङ्का लागेर उनीसहित चार जनालाई नेपाल डिपोर्ट गरेको थियो।

उनीसँगै डिपोर्ट भएका तीन जना प्रहरी हिरासतमा पुगेपछि अधिकारी विवादमा तानिए। उनले मन्त्री पदबाट राजीनामा दिएपछि प्रहरीले अदालतको अनुमति लिएर अनुसन्धानका लागि विराटनगरबाट पक्राउ गरेर काठमाडौँ ल्याएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार