८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सर्वोच्च अदालतको बोर्डमा कालोमसी छर्किएकी बिनु यादव पक्राउ

११ मंसिर २०८१, मंगलवार १२:२७

काठमाडौं | घरेलु हिंसाको मुद्दामा न्याय खोज्दै सर्वोच्च अदालतसम्म पुगेकी बिनु यादवले मंगलबार सर्वोच्च अदालतको गेटको बोर्डमा कालो मसी छर्किएकी छिन्। बिहान साढे ११ बजे उनले सर्वोच्चको बोर्डमा कालो मसी छर्किएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

रामेछाप मन्थली निवासी प्रदीप कठायतले बिनुसँग सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरेका थिए। यसअघि अदालतले सम्बन्ध विच्छेदको फैसला सुनाएपछि बिनुले अदालत परिसरमै विष सेवन गर्ने प्रयास गरेकी थिइन्।

बिनुले घरेलु हिंसा र अन्यायपूर्ण व्यवहारको आरोप लगाउँदै अदालतलाई समेत प्रश्न गर्दै आएकी छन्। उनले जिल्ला अदालत रामेछापमा प्रदीपका काका पवन कठायतविरुद्ध बलात्कारको प्रयासको मुद्दा दर्ता गरेकी थिइन्। जिल्ला अदालतले कठायतलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।
प्रदीपसँग प्रेम सम्बन्ध भएपछि विवाह गरी मन्थली पुगेकी बिनुले आफूमाथि घरेलु हिंसा भएको बताउँदै आएकी छिन्। बिनुको मुद्दा हाल सर्वोच्च अदालतका न्यायाधीशद्वय सारंगा सुवेदी र महेश शर्मा पौडेलको इजलासमा विचाराधीन छ।
बिनुले आफूले न्याय नपाएको र न्यायालयका केही न्यायाधीशले पैसाको प्रभावमा फैसला गरेको उनको आरोप छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता