२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सर्वोच्च अदालतको बोर्डमा कालोमसी छर्किएकी बिनु यादव पक्राउ

२०८१, ११ मंसिर मंगलवार १२:२७

काठमाडौं | घरेलु हिंसाको मुद्दामा न्याय खोज्दै सर्वोच्च अदालतसम्म पुगेकी बिनु यादवले मंगलबार सर्वोच्च अदालतको गेटको बोर्डमा कालो मसी छर्किएकी छिन्। बिहान साढे ११ बजे उनले सर्वोच्चको बोर्डमा कालो मसी छर्किएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

रामेछाप मन्थली निवासी प्रदीप कठायतले बिनुसँग सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरेका थिए। यसअघि अदालतले सम्बन्ध विच्छेदको फैसला सुनाएपछि बिनुले अदालत परिसरमै विष सेवन गर्ने प्रयास गरेकी थिइन्।

बिनुले घरेलु हिंसा र अन्यायपूर्ण व्यवहारको आरोप लगाउँदै अदालतलाई समेत प्रश्न गर्दै आएकी छन्। उनले जिल्ला अदालत रामेछापमा प्रदीपका काका पवन कठायतविरुद्ध बलात्कारको प्रयासको मुद्दा दर्ता गरेकी थिइन्। जिल्ला अदालतले कठायतलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।
प्रदीपसँग प्रेम सम्बन्ध भएपछि विवाह गरी मन्थली पुगेकी बिनुले आफूमाथि घरेलु हिंसा भएको बताउँदै आएकी छिन्। बिनुको मुद्दा हाल सर्वोच्च अदालतका न्यायाधीशद्वय सारंगा सुवेदी र महेश शर्मा पौडेलको इजलासमा विचाराधीन छ।
बिनुले आफूले न्याय नपाएको र न्यायालयका केही न्यायाधीशले पैसाको प्रभावमा फैसला गरेको उनको आरोप छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह