२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्री ओलीको चीन भ्रमण तालिका सार्वजनिक

२०८१, १४ मंसिर शुक्रबार १४:४२

काठमाडौं | प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तालिका सार्वजनिक भएको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यही मंसिर १७ गतेदेखि २० गतेसम्म हुने प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत गरेसँगै परराष्ट्र मन्त्रालयले भ्रमण तालिका सार्वजनिक गरेको हो।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले १८ गते चिनियाँ राष्ट्रपति सि जिनपिङ र समकक्षी लिसँग भेटवार्ता गर्नेछन्। उनले चिनियाँ जनकांग्रेसका स्थायी समिति अध्यक्ष चाओ लेजीसँग पनि भेटघाट गर्ने कार्यसूची छ।

उनले नेपाल–चीन व्यापार मञ्चलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ। उनले बेइजिङमा रहेको पेकिङ विश्वविद्यालयमा प्रमुख वक्ताका रुपमा सम्बोधन गर्ने कार्यतालिका समेत रहेको छ।

प्रधानमन्त्री ओलीसँगै परराष्ट्रमन्त्री आरजु राणा देउवा, प्रधानमन्त्रीको श्रीमती राधिका शाक्य, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, आर्थिक तथा विकास सल्लाहकार युवराज खतिवडा, सांसदहरू र उच्च पदस्थ सरकारी अधिकारीहरू चीन जाने कार्यक्रम छ।

८७ सदस्यीय प्रधानमन्त्रीको भ्रमण टोलीमा ३२ जना सरकारी अधिकारी रहेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह