९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

छेन्दुमा मन्त्री राणाको प्रतिबद्धता: नेपालमा चीन विरोधी गतिविधि हुने छैन्

१५ मंसिर २०८१, शनिबार ११:४७

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज(शनिबार) स्वदेश फर्किँदै छिन् । चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमणका लागि त्यसतर्फ गएकी मन्त्री राणा चीनको छेन्दुबाट नेपाल फर्किन लागेकी हुन् ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बिहीबार चीनको सिचुआन प्रान्तस्थित छेन्दु पुगेकी राणाले शुक्रबार अपराह्न चिनियाँ विदेशमन्त्रीसँग द्विपक्षीय भेटवार्ता गरेकी थिइन् ।

सो अवसरमा दुवै पक्षले सबै क्षेत्रमा सहयोग प्रवर्द्धन गर्ने, बेल्ट एण्ड रोड इनिसिएटिभ अगाडि बढाउन र पारवहनको निर्माणलाई तिब्रता दिन दुवै पक्ष सहमत हुनुपर्नेमा वाङ यीको जोड थियो ।

भेटमा कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठको अवसरलाई सदुपयोग गरी नेपाल–चीन सम्बन्धको विकासका नयाँ सम्भावनालाई अँगाल्न नेपालसँग मिलेर काम गर्न चीन तयार रहेको उनको जोड थियाृे । मन्त्री राणाले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताउँदै अन्य शक्तिलाई नेपालको भूमि प्रयोग गरेर चीनको विरोध र चीनको हितमा हानी गर्ने कुनै पनि गतिविधिमा संलग्न हुन नदिने बताइन ।

भेटका अवसरमा नेपाल–चीन सम्बन्ध र द्विपक्षीय हितका विविध पक्षका साथै प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर १७ देखि २० गतेसम्म गर्ने चीन भ्रमणको तयारीका बारेमा कुराकानी भएको थियो । राणा प्रधानमन्त्री ओलीको चीन भ्रमणमा पनि सहभागी हुनेछिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो