२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

१३ सदस्यीय संसदीय प्रतिनिधि मण्डल मलेसिया भ्रमणमा

२०८१, १६ मंसिर आईतवार ०९:१२

काठमाण्डौं । संसदीय अभ्यास सम्बन्धी अध्ययन तथा अवलोकनका लागि राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरे नेतृत्वको १३ संसदीय संसदीय प्रतिनिधि मण्डल शनिबार साँझ मलेसिया प्रस्थान गरेको छ ।

मलेसिया सरकारको निमन्त्रणामा वित्तीय तथा प्रशासनिक विनियोजन सम्बन्धी संसदीय अभ्यासहरूको सात दिने अध्ययन तथा अवालेकन भ्रमणका लागि संसदीय प्रतिनिधि मण्डल मलेसिया गएको हो ।

संसदीय प्रतिनिधि मण्डलमा राष्ट्रिय उपाध्यक्ष घिमिरे, प्रतिनिधि सभा सदस्य पुष्पबहादुर शाह, कोशी प्रदेशका सभामुख अम्बरबहादुर बिष्ट, मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल र बागमती प्रदेशका सभामुख भुवनबहादुर रहेका छन् ।

यसैगरी लुम्बिनी प्रदेशका उपसभामुख मेनुका खाँड केसी, गण्डकी प्रदेशका उपसभामुख विनाकुमारी थापा, कर्णाली प्रदेशका उपसभामुख यशोदा न्यौपाने, सुदूर पश्चिम प्रदेशका उपसभामुख कोइली देवी चौधरी, संघीय संसदका महासचिव पद्यप्रसाद पाण्डेय, सहसचिव बविता मिश्र र उपसचिव सुलोचना पंज्ञानी पनि प्रतिनिधि मण्डलमा सहभागी छन् ।

भ्रमणका क्रममा प्रतिनिधि मण्डलका नेता राष्ट्रि«य सभाका उपाध्यक्ष घिमिरेले मलेसियाको संसदका सभामुख र उपसभामुख तथा सेलांगोर प्रान्तीय संसदका सभामुख र उपसभामुख संग भेटवार्ता गर्ने कार्यक्रम छ भने प्रतिनिधिमण्डलले मलेसियाको संसद र सेलांगोर प्रान्तीय संसदको अवलोकन, भेटघाट तथा अन्तरक्रियात्मक कार्यक्रम गर्ने कार्यक्रम रहेको संघीय संसद सचिवालयका प्रबक्ता एकराम गिरीले जानकारी दिए ।

भ्रमण सम्पन्न गरी उपाध्यक्ष नेतृत्वको प्रतिनिधि मण्डल मंसिर २१ गते नेपाल फर्कने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह