८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रविको बयान आज पनि सकिएन, भोलि सकेर पोखरा पठाइने

१६ मंसिर २०८१, आईतवार १५:४१

काठमाडौं । सहकारी ठगी मुद्दामा बयानका निम्ति पोखराबाट झिकाइएका पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेको बयान आज पनि सकिएन ।

कामपा- १४ मा सञ्चालित स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा आरोपित लामिछानेलाई बिहीबार बयानका निम्ति पोखराबाट काठमाडौं ल्याइएको थियो । जिल्ला प्रहरी परिसर, काठमाडौंको पत्रका आधारमा जिल्ला प्रहरी कार्यालय, कास्कीले उनलाई काठमाडौं पठाएको थिए ।

भद्रकालीस्थित काठमाडौं प्रहरीको हिरासतमा राखिएका उनलाई शुक्रबार बिहानैदेखि जिल्ला सरकारी वकिलको कार्यालय, भद्रकालीमा बयानका निम्ति पठाइएको थियो । त्यही बिहानबाट बयान शुरू भयो । आज दोस्रो दिनको बयान चलिरहेको छ, तर सकिने सम्भावना छैन ।

‘आज नसकिने नै भयो, भोलिचाहिँ छिट्टै सिध्याएर पठाउँछौं’, काठमाडौं सरकारी वकिल कार्यालय प्रमुख सहमहान्यायाधिवक्ता सन्देश श्रेष्ठले भने ।

सोध्नुपर्ने विषय धेरै हुँदा उनको बयान आज पनि नसकिएको श्रेष्ठले बताए । स्वर्णलक्ष्मी सहकारी पीडितद्वारा दिइएको जाहेरीमा उल्लेखित आरोप र अनुसन्धानबाट खुल्न आएका तथ्यमाथि आधारित भएर उनको बयान लिइँदैछ ।

भोलि बयान सकिए भोलि नै उनलाई पोखरा पठाइने काठमाडौं प्रहरीका प्रवक्ता एसपी नवराज अधिकारीले बताए ।

‘बयान सकियो भने उहाँलाई काठमाडौंमा राख्नुपर्ने काम तत्काल छैन, त्यसैले सकिनासाथ हामी पोखरा पठाइदिन्छौ’, उनले भने । जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार अपराह्न ४ बजेभित्र बयान सकिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता