२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमाले पार्टी कार्यालय जग्गा विवाद: हेर्न नभ्याउने हुँदै सुनुवाइ फेरि स्थगित

२०८१, १६ मंसिर आईतवार १६:०४

काठमाडौँ  | नेकपा एमालेको पार्टी कार्यालय निर्माणका लागि व्यवसायी मीनबहादुर गुरुङले दान गरेको जग्गासम्बन्धी विवादको मुद्दा आज पनि हेर्न नभ्याउने हुँदै स्थगित भएको छ । न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको इजलासमा सुनुवाइका लागि तोकिएको पेसी फेरि स्थगित भएको हो।

यसअघि पनि यो मुद्दामा मंसिर २, ४, ७, १०, र आज मंसिर १६ गते सुनुवाइ स्थगित भएको थियो। यो विवाद २०८१ कात्तिक १२ गते सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेपछि चर्चामा आएको हो।

व्यवसायी गुरुङले काठमाडौँको कीर्तिपुर नगरपालिका-२, मैत्रीनगरस्थित १० रोपनी १४ आना जग्गा एमालेको केन्द्रीय कार्यालय निर्माणका लागि असोज २५ गते दान गरेका थिए। सोही दिन प्रधानमन्त्री केपी शर्मा ओली र गुरुङ दम्पतीले संयुक्त रूपमा कार्यालय भवनको शिलान्यास गरेका थिए।

तर, अधिवक्ता ज्ञानबहादुर बस्नेतले उक्त निर्णयलाई चुनौती दिँदै रिट दायर गरेका थिए। उनले एमालेलाई जग्गा दान दिने निर्णय खारेज गर्न माग गर्दै अल्पकालीन अन्तरिम आदेशमार्फत रोक लगाउन आग्रह गरेका थिए।

सुरुमा सर्वोच्च अदालतको प्रशासनले यो रिट दर्ता गर्न अस्वीकार गरेको थियो। तर, न्यायाधीश तिलप्रसाद श्रेष्ठको आदेशपछि रिट दर्ता गरिएको थियो। रिट दर्ता भएलगत्तै न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले अन्तरकालीन आदेश जारी गरेको थियो।

यता, यो विवादको सुनुवाइका लागि पटक–पटक पेसी तोकिए पनि हालसम्म सुनुवाइ हुन सकेको छैन। स्थगित हुने क्रमले यस मुद्दाको छिनोफानो कहिले हुनेछ भन्ने अनिश्चितता थपेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह