२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उपनिर्वाचन : मतगणना अन्तिम चरणमा, कसले कहाँ जिते ? (सूचीसहित)

२०८१, १७ मंसिर सोमबार १२:३१

काठमाडौँ | स्थानीय तहका विभिन्न ४२ रिक्त पदका लागि सम्पन्न उपनिर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ। हालसम्म ३७ पदको परिणाम सार्वजनिक भइसकेको छ।

राजनीतिक दलहरूमध्ये नेपाली कांग्रेसले सबैभन्दा बढी १६ वडाध्यक्ष पद जित्दै अग्रता कायम गरेको छ। कांग्रेसले जितेका १९ वडाध्यक्ष पद रिक्त भएका थिए। यद्यपि, कांग्रेसले दुई गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष, र एक उपमेयर पद गुमाएको छ।

त्यस्तै, नेकपा एमालेले एक अध्यक्ष र एक उपाध्यक्ष थप्दै ५ वडाध्यक्ष पद जितेको छ। माओवादी केन्द्रले एक अध्यक्ष र एक उपमेयरसहित ६ वडाध्यक्ष जितेको छ। माओवादीले जितेका ७ वडाध्यक्ष पद र एमालेले जितेका ६ वडाध्यक्ष पद रिक्त भएका थिए।

यसका अतिरिक्त, जनता समाजवादी पार्टी (जसपा) नेपालले २ वडाध्यक्ष पद जितेको छ भने नेकपा एस, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), र नेपाल मजदूर किसान पार्टीले एक-एक वडाध्यक्ष पद जितेका छन्। स्वतन्त्र उम्मेदवारले पनि एक वडाध्यक्ष पद जितेका छन्।

हाल कीर्तिपुर नगरपालिकाको मेयर, गौरीशंकर गाउँपालिकाको उपाध्यक्ष, र बेलका नगरपालिकाको वडाध्यक्षको मत परिणाम आउन बाँकी छ।

कांग्रेसले जितेका वडा
वडाध्यक्ष १६

लालिगुरास ८ तेह्रथुमः नगेन्द्र लिम्बु कांग्रेस

गढी ६ सुनसरी, तेतर साहु (यसअघि एमाले जितेको)

ईशनाथ नपा ७, शेख अब्दुल खलिक (यसअघि एमाले जितेको)

राजपुर ६ रौतहट, समसे आलम

कीर्तिपुर १ काठमाडौं,इच्छा महर्जन

कीर्तिपुर ४ काठमाडौं, राजेन्द्र बानियाँ (यसअघि स्वतन्त्र जितेको)

हटौंडा १२ मकवानपुर, अर्जुन प्रसाद तिवारी (यसअघि माओवादी जितेको)

मुसिकोट १ गुल्मी , आनन्द श्रेष्ठ

रुन्टीगढी ४ रोल्पा, भुपमणी पुन मगर

ठाकुराबाबा ४ बर्दिया,अमिन थारु

सानीभेरी ५ रुकुम पश्चिम,मोतिराम खत्री (यसअघि माओवादी जितेको

कुशे ७ जाजरकोट, खम्बवहादुर सिंह (यसअघि माओवादी जितेको)

सुर्मा ४ बझाङ, धिरेन्द्र पुजारा (यसअघि एमाले जितेको)

पुर्वी चौकी ६ डोटी, मोहन थापा

दुहुँ ५ दार्चुला, धनसिंह कुँवर (यसअघि माओवादी जितेको)

भीमदत्त ६ कन्चनपुर, प्रकाश चन्द

एमालेले जितेका स्थान
अध्यक्ष १

महाबु गाउँपालिका दैलेख, जंगवहादुर शाही (यसअघि कांग्रेस जितेको)

उपाध्यक्षः१

स्वामीकार्तिक खापर बाजुरा,सुलोचना बुढा (यसअघि कांग्रेस जितेको)

वडाध्यक्ष ५

सिरीजङ्घा ३ ताप्लेजुङ,कुमारी सावादेन (यसअघि कांग्रेस जितेको)

मोलुङ ५ ओखलढुंगा, गंगाबहादुर तामाङ (यसअघि कांग्रेस जितेको )

रामगोपालपुर २ महोत्तरी, सकिबुल खाँ (यसअघि माओवादी जितेको)

शुद्धोदन १ कपिलवस्तु, मोहमद ताहिर (यसअघि कांग्रेस जितेको)

दुल्लु १३ दैलेख, लालवहादुर शाही

माओवादी केन्द्रले जितेका स्थान
अध्यक्ष १

ग्रामथान मोरङ, नमोनारायण माझी (यसअघि कांग्रेस जितेको)

उपमेयर १

नलगाढ जजारकोट, देवका लामिछाने (यसअघि कांग्रेस जितेको)

वडाध्यक्ष ६

त्रियुगा १२ उदयपुर, नविन राई (यसअघि कांग्रेस जितेको)

धनुषाधाम १,धनुष सुनिल कुमार केवट (यसअघि कांग्रेस जितेको)

ककनी २ नुवाकोट, कृष्ण घिमिरे (यसअघि कांग्रेस जितेको)

गोरखा ५ गोरखा, बिष्णुवहादुर मगर (यसअघि एमाले जितेको)

त्रिपुरासुन्दरी ५ डोल्पा, नरवहादुर झाक्री (यसअघि एमाले जितेको)

पुथा उत्तरगंगा २ रुकुमपूर्व, जगत घर्ती

जसपा नेपालले जितेका वडा
वडाध्यक्ष २

डाक्नेश्वरी १ सप्तरी, धरेन्द्रकुमार साह

डाक्नेश्वरी ४ सप्तरी, देवेन्द्र प्रसाद यादव,जसपा नेपाल

नेकपा एस
वडाध्यक्ष १

गढीमाइ नपा रौतहट, बजरंगी प्रसाद यादव

राष्ट्रिय स्वतन्त्र पार्टी १
काठमाडौं १६: रोजिना श्रेष्ठ (यसअघि कांग्रेस जितेको)

नेमकिपा १

वडाध्यक्ष

तिलगुफा ४ कालिकोट,खड्गराज शाही (यसअघि माओवादी जितेको

स्वतन्त्रः
कन्काइ ६ झापा, लक्ष्मीप्रसाद ओली,स्वतन्त्र (यसअघि एमालेले जितेको)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह