२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रविलाई भेट्न नपाएपछि पार्टी कार्यालय फर्किइन् रास्वपाकी नवनिर्वाचित वडाध्यक्ष रोजिना

१७ मंसिर २०८१, सोमबार १४:५४

काठमाडौँ | काठमाडौँ महानगरपालिका वडा नम्बर १६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित वडाध्यक्ष रोजिना श्रेष्ठ रास्वपाको पहिलो र हालसम्मकी एकमात्र वडाध्यक्ष बन्न सफल भएकी छन्।

रोजिनाले नेकपा एमाले, नेपाली कांग्रेसजस्ता परम्परागत दलहरूलाई पराजित गर्दै रास्वपाको झण्डा गाडेकी हुन्। समर्थकहरू र शुभचिन्तकहरूको बधाइ र शुभकामनाका बीच, रोजिनाले सोमबार दिउँसो जिल्ला प्रहरी परिसर, काठमाडौँ पुगेर रविसँग भेट्न इच्छा व्यक्त गरिन्।

गत कात्तिक २ देखि कास्की प्रहरीको हिरासतमा रहेका रवि पनि संयोगवश काठमाडौँमै थिए। आफ्नो जितको खुसी सबैभन्दा पहिला आफ्ना पार्टी सभापति रवि लामिछानेलाई सुनाउन चाहन्थिन् रोजिना तर, उनले सोचेजस्तो अवस्था भएन।
प्रहरीले रविलाई जिल्ला सरकारी वकिल कार्यालयमा बयानका लागि उपस्थित गराइसकेको थियो, र बयान भइरहेका बेला कोही पनि बाहिरी व्यक्तिलाई भेट्न अनुमति थिएन। डीएसपीले भेट्न नदिने बताएपछि, रोजिना पार्टी कार्यालय फर्किइन्।

रविलाई स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा सोधपुछ गरिरहेको प्रहरीका अनुसार, गत शुक्रबारदेखि सुरु भएको बयान सोमबार तेस्रो दिनमा पुगेको छ। बयान करिब अन्तिम चरणमा रहेको र सम्भवतः सोमबारभित्र सकिने जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख सन्देश श्रेष्ठले बताए।

बयान पूरा भई रविलाई हिरासत फर्काइएपछि मात्र भेट्न पाइने जानकारी पाएका कारण रोजिनाले पछि आउने बताउँदै पार्टी कार्यालय फर्किएको रास्वपाका एक नेताले जानकारी दिए।

रवि लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध, र सम्पत्ति शुद्धीकरणका आरोपमा अनुसन्धान भइरहेको छ। यसअघि पोखराको सूर्यदर्शन सहकारी र बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा उनको बयान भइसकेको छ। अब चितवनको सहारा र वीरगञ्जको सानो पाइला सहकारी ठगी प्रकरणमा पनि अनुसन्धान गरी मुद्दा चलाउने तयारी प्रहरीले गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो