२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रवि लामिछानेको राहदानी दुरुपयोगविरुद्धको रिट ‘हेर्न नभ्याइने’ सूचीमा

२०८१, १७ मंसिर सोमबार १५:२५

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिट ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ । अघिल्लो पेसीको झन्डै ११ महिनापछि सोमबार सर्वोच्च अदालतका न्यायाधीशद्वय हरि फुयाँल र नृपध्वज निरौलाको संयुक्त इजलासमा उक्त मुद्दाको पेसी तोकिएको थियो ।

युवराज सफलले लामिछानेमाथि उक्त विषयमा मुद्दा नचल्ने महान्यायाधिवक्ता कार्यालयको निर्णय बदरको माग गर्दै ०७९ चैत २० गते सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त रिट सोमबार न्यायाधीश फुयाँल र निरौलाको पेसी सूचीको ३० नम्बरमा परेको थियो ।

सर्वोच्चले यसअघि तीनपटक फाइल मगाउने आदेश गरेको थियो । ०७९ चैत २२ मा न्यायाधीश फुयाँलको इजलासले कारण देखाऊ आदेश जारी गरेको थियो ।

०८० जेठ १ गते फुयाँलकै इजलासले फाइल मगाउने आदेश गरेपछि पेसी आठ महिना सारिएको थियो । त्यसको झन्डै ११ महिनामा फेरि पेसी चढेको मुद्दा पुनः हेर्न नभ्याइनेमै परेर स्थगित भएको छ ।

तत्कालीन महान्यायाधिवक्ता दिनमणि पोखरेलले ०७९ चैत ६ गते लामिछानेविरुद्ध राहदानी विवादमा मुद्दा नचल्ने निर्णय गरेका थिए ।

सहकारी संस्थाको रकम अपचलन प्रकरणमा अनुसन्धानका क्रममा हाल लामिछाने प्रहरी हिरासतमा छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह