९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

पाँचवटा कार्यभार लिएर माओवादी केन्द्र अघि बढेको छ: नारायणकाजी श्रेष्ठ

१७ मंसिर २०८१, सोमबार १६:०१

सिरहा । नेकपा माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पाँचवटा कार्यभार आत्मसात गरेर पार्टी अघि बढेको बताएका छन् ।

सिरहाको गोलबजार नगरपालिका नगर कमिटीको आयोजनामा वडा नम्बर ३ मुसहर्निया गाउँमा आयोजित तीन दिने अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै श्रेष्ठले उक्त कुरा बताएका हुन् ।

श्रेष्ठले भने ‘राष्ट्रको सार्वभौम सत्ता, अखण्डता र स्वाधीनता जोगाउने पहिलो कार्यभार हो भने आन्दोलनको बलमा प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान जोगाउनु दोस्रो कार्यभार हो । मुलुकलाई समृद्धि र समाजवादतर्फ लैजानु तेस्रो कार्यभार हो भने सुशासनको ग्यारेण्टी गरी सामाजिक न्यायको प्रत्याभूति गर्नु चौथो कार्यभार हो । हामी कम्युनिष्ट भएकाले मुलुकमा पूर्ण समाजवाद कायम गराउनु मुल अभिष्ट र मुख्य कार्यभार हो ।’

उद्घाटन सत्रमा प्रमुख अतिथिको हैसियतमा बोल्दै श्रेष्ठले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री र आफू गृह तथा उपप्रधानमन्त्री हुँदा ठूला कर्मचारी, ठूला नेता र सरकारमा बसिसकेका मन्त्रीहरुलाई भ्रष्टाचार गरेकोमा कानुन बमोजिम कारवाही थालेको कारण सरकार ढालिएको जिकिर गरे ।

श्रेष्ठले देशैभरी नेकपा माओवादीले पार्टी निर्माण गर्ने अभियान थालेको बताए । त्यसैको एक कडीका रुपमा यो त्रीदिवसीय प्रशिक्षणलाई लिन सकिने उनको भनाइ छ ।

प्रशिक्षण कार्यक्रममा नेकपा माओवादी केन्द्रका सचिव तथा मधेश प्रदेश इन्चार्ज लिलामणि पोखरेल, उप महासचिव गिरिराजमणि पोखरेल स्थायी समिति सदस्यद्वय प्रशुराम तामाङ्ग र विश्वनाथ साह तथा वैकल्पिक केन्द्रिय सदस्य चन्देस्वर गडेरी पनि प्रशिक्षकका रुपमा सहभागी रहेका छन् ।

माओवादी केन्द्रका नगर समिति सदस्य धन प्रसाद लामाका अनुसार प्रशिक्षण शिविर तीन दिनसम्म सञ्चालन हुनेछ । यस अवधिमा सिरहा जिल्लाका पार्टीका अगुवा कार्यकर्ताहरुलाई समसामयिक विषयमा प्रशिक्षित गराइने जनाइएको छ ।

आवासीय प्रशिक्षण शिविरमा झण्डै दुईसय नेता तथा कार्यकर्ता सहभागी भएका छन् । प्रशिक्षण शिविर स्थानीय एक गुम्बा भवनमा सञ्चालन गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो