२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

स्थानीय तह उपनिर्वाचन: तीन स्थानको मतपरिणाम आउन बाँकी, कहाँ कसको अग्रता? ( नतिजा सूचीसहित)

२०८१, १७ मंसिर सोमबार १६:५७

काठमाडौँ | गत मंसिर १६ गते सम्पन्न स्थानीय तह उपनिर्वाचन मध्ये अब तीन स्थानको मात्र अन्तिम नतिजा आउन बाँकी रहेको छ।

४१ पदमा भएको निर्वाचनमध्ये ३८ स्थानको अन्तिम नतिजा सार्वजनिक भैसकेको छ । कीर्तिपुर नगरपालिका नगरप्रमुख, दोलखाको गौरिशंकर गाउँपालिकाको उपाध्यक्ष र उदयपुरको वेलका वडा नं. ९ को अन्तिम परिणाम आउन बाँकी रहेको छ।

कीर्तिपुरको नगरप्रमुखमा कांग्रेस उम्मेदवार अगाडी रहेका छन् भने दोलखाको गौरिशंकर र उदयपुरको वेलकामा माओवादी उम्मेदवारले अग्रता लिइरहेका छन्।

निर्वाचन आयोगले सार्वजनिक गरेको नतिजाअनुसार नेपाली कांग्रेसले १६ स्थानमा जित हासिल गरेको छ । कांग्रेसले जितेका सबै वडाध्यक्ष हुन् । माओवादी केन्द्रले एक गाउँपालिका अध्यक्ष, एक उपमेयर, एक उपाध्यक्ष र पाँच वडाध्यक्षसहित ९ स्थानमा जितेको छ । नेकपा एमालेले एक पालिका अध्यक्ष, एक उपाध्यक्ष र ५ वडाअध्यक्षसहित ७ स्थानमा जित हासिल गरेको छ । साथै, जनता समाजवादी पार्टी, नेपालले २ वडाध्यक्ष जितेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), एकीकृत समाजवादी, नेपाल मजदुर किसान पार्टी, स्वतन्त्रले एक/एक स्थानमा जित हासिल गरेको आयोगले जनाएको छ ।

नेपाली कांग्रेस
हेटौंडा उपमहानगरपालिका-१२, अर्जुनप्रसाद तिवारी

कीर्तिपुर नगरपालिका-१, इच्छाकुमार महर्जन

कीर्तिपुर नगरपालिका-४, राजेन्द्र बानियाँ

तेह्रथुमको लालीगुराँस नगरपालिका-८, नगेन्द्र लिम्बू

रौतहटको ईशनाथ नगरपालिका-७, शेख अब्दुल

रौतहटको राजपुर नगरपालिका-६, समसे आलम निर्वाचित

गुल्मीको मुसिकोट नगरपालिका-१, आनन्द श्रेष्ठ

कञ्चनपुरको भीमदत्त नगरपालिका-६, प्रकाश चन्द

बर्दियाको ठाकुरबाबा नगरपालिका-४, अमिन थारू

जाजरकोटको कुशे गाउँपालिका-७, खम्बबहादुर सिंह

रुकुमपश्चिमको सानीभेरी गाउँपालिका-५ मोतीराम खत्री

बझाङको सूर्मा गाउँपालिका-४, धिरेन्द्र पुजारा

डोटीको पुर्वीचौकी गाउँपालिका-६, मोहन थापा

दार्चुलाको दुहु गाउँपालिका-५ , धनसिंह कुँवर

रोल्पाको रुन्टीगढी गाउँपालिका-४, भुपमणि पुन मगर

सुनसरीको गढी गाउँपालिका-६, तेतर साहु

नेकपा माओवादी केन्द्र
मोरङको ग्रामथान गाउँपालिका- अध्यक्ष, नमोनारायण माझी

जाजरकोटको नलगाड नगरपालिका- उपमेयर, देवका लामिछाने

रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका- उपाध्यक्ष, नरपुरा बुढा

गोरखा नगरपालिका-५, विष्णुबहादुर मगर

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-५, नरबहादुर झाक्री

उदयपुरको त्रियुगा नगरपालिका-१२, नवीनकुमार बान्तवा राई

धनुषाको धनुषाधाम नगरपालिका-१, सुनील कापर केवट

नुवाकोटको ककनी गाउँपालिका-२, कृष्ण घिमिरे

रोल्पाको पुथा उत्तरगंगा-२, जगत घर्ती (निर्विरोध)

नेकपा एमाले
ओखलढुंगाको मोलुङ गाउँपालिका अध्यक्ष, गंगाबहादुर तामाङ

दैलेखकै महाबु गाउँपालिका अध्यक्ष, जंगबहादुर शाही

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्ष, सुलोचना भण्डारी

दैलेखको दुल्लु नगरपालिका-१३, लालबहादुर शाही

महोत्तरीको रामगोपालपुर नगरपालिका-२, सकिवुल खाँ

ताप्लेजुङको सिरिजंघा गाउँपालिका-३, कुमारी सावादेन

कपिलवस्तुको शुद्धोधन गाउँपालिका-१, मोहमत ताहिर मुसलमान

जसपा नेपाल
सप्तरीको डाक्नेश्वरी नगरपालिका १, धिरेन्द्रकुमार शाह

डाक्नेश्वरी ४, देवेन्द्रप्रसाद यादव

राष्ट्रिय स्वतन्त्र पार्टी
काठमाडौं महानगरपालिका-१६, रोजिना श्रेष्ठ

एकीकृत समाजवादी, नेमकिपा र स्वतन्त्रले जितेको स्थान
रौतहटको गढीमाई नगरपालिका-८, एकीकृत समाजवादीका बजरंगीप्रसाद यादव

कालीकोटको तिलागुफा नगरपालिका-४, नेपाल मजदुर किसान पार्टीका खड्गराज शाही

झापाको कन्काई नगरपालिका-६, स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह