९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

स्थानीय तह उपनिर्वाचन: तीन स्थानको मतपरिणाम आउन बाँकी, कहाँ कसको अग्रता? ( नतिजा सूचीसहित)

१७ मंसिर २०८१, सोमबार १६:५७

काठमाडौँ | गत मंसिर १६ गते सम्पन्न स्थानीय तह उपनिर्वाचन मध्ये अब तीन स्थानको मात्र अन्तिम नतिजा आउन बाँकी रहेको छ।

४१ पदमा भएको निर्वाचनमध्ये ३८ स्थानको अन्तिम नतिजा सार्वजनिक भैसकेको छ । कीर्तिपुर नगरपालिका नगरप्रमुख, दोलखाको गौरिशंकर गाउँपालिकाको उपाध्यक्ष र उदयपुरको वेलका वडा नं. ९ को अन्तिम परिणाम आउन बाँकी रहेको छ।

कीर्तिपुरको नगरप्रमुखमा कांग्रेस उम्मेदवार अगाडी रहेका छन् भने दोलखाको गौरिशंकर र उदयपुरको वेलकामा माओवादी उम्मेदवारले अग्रता लिइरहेका छन्।

निर्वाचन आयोगले सार्वजनिक गरेको नतिजाअनुसार नेपाली कांग्रेसले १६ स्थानमा जित हासिल गरेको छ । कांग्रेसले जितेका सबै वडाध्यक्ष हुन् । माओवादी केन्द्रले एक गाउँपालिका अध्यक्ष, एक उपमेयर, एक उपाध्यक्ष र पाँच वडाध्यक्षसहित ९ स्थानमा जितेको छ । नेकपा एमालेले एक पालिका अध्यक्ष, एक उपाध्यक्ष र ५ वडाअध्यक्षसहित ७ स्थानमा जित हासिल गरेको छ । साथै, जनता समाजवादी पार्टी, नेपालले २ वडाध्यक्ष जितेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), एकीकृत समाजवादी, नेपाल मजदुर किसान पार्टी, स्वतन्त्रले एक/एक स्थानमा जित हासिल गरेको आयोगले जनाएको छ ।

नेपाली कांग्रेस
हेटौंडा उपमहानगरपालिका-१२, अर्जुनप्रसाद तिवारी

कीर्तिपुर नगरपालिका-१, इच्छाकुमार महर्जन

कीर्तिपुर नगरपालिका-४, राजेन्द्र बानियाँ

तेह्रथुमको लालीगुराँस नगरपालिका-८, नगेन्द्र लिम्बू

रौतहटको ईशनाथ नगरपालिका-७, शेख अब्दुल

रौतहटको राजपुर नगरपालिका-६, समसे आलम निर्वाचित

गुल्मीको मुसिकोट नगरपालिका-१, आनन्द श्रेष्ठ

कञ्चनपुरको भीमदत्त नगरपालिका-६, प्रकाश चन्द

बर्दियाको ठाकुरबाबा नगरपालिका-४, अमिन थारू

जाजरकोटको कुशे गाउँपालिका-७, खम्बबहादुर सिंह

रुकुमपश्चिमको सानीभेरी गाउँपालिका-५ मोतीराम खत्री

बझाङको सूर्मा गाउँपालिका-४, धिरेन्द्र पुजारा

डोटीको पुर्वीचौकी गाउँपालिका-६, मोहन थापा

दार्चुलाको दुहु गाउँपालिका-५ , धनसिंह कुँवर

रोल्पाको रुन्टीगढी गाउँपालिका-४, भुपमणि पुन मगर

सुनसरीको गढी गाउँपालिका-६, तेतर साहु

नेकपा माओवादी केन्द्र
मोरङको ग्रामथान गाउँपालिका- अध्यक्ष, नमोनारायण माझी

जाजरकोटको नलगाड नगरपालिका- उपमेयर, देवका लामिछाने

रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका- उपाध्यक्ष, नरपुरा बुढा

गोरखा नगरपालिका-५, विष्णुबहादुर मगर

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-५, नरबहादुर झाक्री

उदयपुरको त्रियुगा नगरपालिका-१२, नवीनकुमार बान्तवा राई

धनुषाको धनुषाधाम नगरपालिका-१, सुनील कापर केवट

नुवाकोटको ककनी गाउँपालिका-२, कृष्ण घिमिरे

रोल्पाको पुथा उत्तरगंगा-२, जगत घर्ती (निर्विरोध)

नेकपा एमाले
ओखलढुंगाको मोलुङ गाउँपालिका अध्यक्ष, गंगाबहादुर तामाङ

दैलेखकै महाबु गाउँपालिका अध्यक्ष, जंगबहादुर शाही

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्ष, सुलोचना भण्डारी

दैलेखको दुल्लु नगरपालिका-१३, लालबहादुर शाही

महोत्तरीको रामगोपालपुर नगरपालिका-२, सकिवुल खाँ

ताप्लेजुङको सिरिजंघा गाउँपालिका-३, कुमारी सावादेन

कपिलवस्तुको शुद्धोधन गाउँपालिका-१, मोहमत ताहिर मुसलमान

जसपा नेपाल
सप्तरीको डाक्नेश्वरी नगरपालिका १, धिरेन्द्रकुमार शाह

डाक्नेश्वरी ४, देवेन्द्रप्रसाद यादव

राष्ट्रिय स्वतन्त्र पार्टी
काठमाडौं महानगरपालिका-१६, रोजिना श्रेष्ठ

एकीकृत समाजवादी, नेमकिपा र स्वतन्त्रले जितेको स्थान
रौतहटको गढीमाई नगरपालिका-८, एकीकृत समाजवादीका बजरंगीप्रसाद यादव

कालीकोटको तिलागुफा नगरपालिका-४, नेपाल मजदुर किसान पार्टीका खड्गराज शाही

झापाको कन्काई नगरपालिका-६, स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो