२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल र चीनबीच कुन-कुन विषमा हस्ताक्षर भएका हुन् ?

२०८१, १८ मंसिर मंगलवार १२:२९

काठमाडौँ | नेपाल र चीनबीच ८ सहमतिपत्रमा हस्ताक्षर भएको छ। चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छयाङबीच ग्रेट हल अफ पिपलमा बुधबार ८ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको हो।

दुई देशबीच व्यापार वृद्धिका लागि नेपालबाट भैंसीको मासु निर्यात गर्ने,टोखा–खहरे टनेल मार्ग निर्माण , चिनियाँ समाचार एजेन्सी सिन्हुवा र राष्ट्रिय समाचार समितिबीच सहकार्य, नेपालमा चाइनिज ल्याङ्ग्वेज विकास कार्यक्रम सञ्चालन, चीनले बसन्तपुर क्षेत्रमा पुनर्निर्माण गरेको संरचना हस्तान्तरण, चाइना मिडिया ग्रुप र नेपाल टेलिभिजनबीच सहकार्यलगायत विषयमा हस्ताक्षर भएको स्रोतले जनाएको छ।

प्रधानमन्त्री ओली चिनियाँ समकक्षी ली छ्याङको निमन्त्रणमा मंगलबार हिमालयन एयरलाइन्सको चार्टर्ड विमानबाट बेइजिङ गएका थिए। चौथो पटक गत असारमा प्रधानमन्त्री बने यता एमाले अध्यक्ष ओलीको यो चीन भ्रमण राजनीतिक हिसावले पहिलो हो ।

प्रधानमन्त्रीको हैसियतमा ओली २०७३ र २०७५ मा चीन गएका थिए । असारमा प्रधानमन्त्री बनेयता भने प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क गएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह