८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल र चीनबीच कुन-कुन विषमा हस्ताक्षर भएका हुन् ?

१८ मंसिर २०८१, मंगलवार १२:२९

काठमाडौँ | नेपाल र चीनबीच ८ सहमतिपत्रमा हस्ताक्षर भएको छ। चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छयाङबीच ग्रेट हल अफ पिपलमा बुधबार ८ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको हो।

दुई देशबीच व्यापार वृद्धिका लागि नेपालबाट भैंसीको मासु निर्यात गर्ने,टोखा–खहरे टनेल मार्ग निर्माण , चिनियाँ समाचार एजेन्सी सिन्हुवा र राष्ट्रिय समाचार समितिबीच सहकार्य, नेपालमा चाइनिज ल्याङ्ग्वेज विकास कार्यक्रम सञ्चालन, चीनले बसन्तपुर क्षेत्रमा पुनर्निर्माण गरेको संरचना हस्तान्तरण, चाइना मिडिया ग्रुप र नेपाल टेलिभिजनबीच सहकार्यलगायत विषयमा हस्ताक्षर भएको स्रोतले जनाएको छ।

प्रधानमन्त्री ओली चिनियाँ समकक्षी ली छ्याङको निमन्त्रणमा मंगलबार हिमालयन एयरलाइन्सको चार्टर्ड विमानबाट बेइजिङ गएका थिए। चौथो पटक गत असारमा प्रधानमन्त्री बने यता एमाले अध्यक्ष ओलीको यो चीन भ्रमण राजनीतिक हिसावले पहिलो हो ।

प्रधानमन्त्रीको हैसियतमा ओली २०७३ र २०७५ मा चीन गएका थिए । असारमा प्रधानमन्त्री बनेयता भने प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क गएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता